चुनाउ आयोगको कारबाहीमाथि ममता ब्यनर्जीको हमलाः भनिन्- बंगाललाई लक्षित गर्नु चिन्ताजनक
चुनाउ आयोगको कारबाहीमाथि ममता ब्यनर्जीको हमलाः भनिन्- बंगाललाई लक्षित गर्नु चिन्ताजनक


कोलकाता, 19 मार्च (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले चुनाउपूर्व राज्यका वरिष्ठ प्रशासनिक तथा पुलिस अधिकारीहरूको फेरबदललाई लिएर चुनाउ आयोगमाथि गम्भीर आरोप लगाएकी छन्। उनले भनिन्, जसरी बंगाललाई भिन्नै रूपमा लक्षित गरिँदैछ, त्यो अभूतपूर्व र चिन्ताजनक छ।

मुख्यमन्त्रीले आरोप लगाइन्, चुनाउको औपचारिक अधिसूचना जारी हुन अगावै मुख्य सचिव, गृह सचिव, पुलिस महानिदेशक सहित 50 भन्दा अधिक वरिष्ठ अधिकारीहरूलाई अचानक अपदस्थ गरियो। उनले यसलाई प्रशासनिक निर्णय होइन, उच्च राजनीतिक हस्तक्षेप बताइन्।

बिहीवार आफ्नो एक ट्वीटमा ममता ब्यनर्जीले भनिन्, निष्पक्ष बस्ने संस्थाहरूको राजनीतिकरण संविधानमाथि सोझै आघात हो। उनले यो पनि दाबी गरिन्, मतदाता सूची पुनरीक्षण प्रक्रियामा गम्भीर कमजोरी तथा अहिलेसम्ममा 200 भन्दा अधिक मानिसहरूको मृत्यु भइसकेको छ जसबाट आम मानिसहरू चिन्तित भएका छन्।

उनले आरोप लगाइन्, पूरक मतदाता सूची अहलेसम्म प्रकाशित गरिएको छैन जसबाट मानिसहरूमा अनिश्चितता कायम छ।

अधिकारीहरूलाई राज्य बाहिर पठाएकोमा प्रश्न-

मुख्यमन्त्रीले यो पनि भनिन्, महत्वपूर्ण जाँच एजेन्सीहरूका वरिष्ठ अधिकारीहरूलाई चयन गरेर राज्य बाहिर पठाइँदैछ जसबाट राज्यको प्रशासनिक व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको छ।

उनले चुनाउ आयोगको फसेलामा विरोधाबास रहेको आरोप समेत लगाउँदै भनिन्, चुनावी जिम्मेवारीदेखि अलग्गै राखिएका अधिकारीहरूलाई पछि चुनाउ पर्यवेक्षक बनाएर अन्य राज्यहरूमा पठाइयो।

पुलिस आयुक्तहरूको तैनाथीमाथि आपत्ति-

उनले भनिन्, सिलगढ़ी तथा बिधान नगरका पुलिस आयुक्तहरूलाई वैकल्पिक व्यवस्था नगरी पर्यवेक्षक बनाएर पठाउनाले दुवै महत्वपूर्ण शहरी क्षेत्रहरूमा प्रशासनिक शून्यताको स्थिति उत्पन्न भएको थियो। पछि स्थिति स्पष्ट भएपछि सुधारात्मक कदम उठाइयो।

मुख्यमन्त्रीले भारतीय जनता पार्टीलाई लक्षित गर्दै भनिन्, जनताको विश्वास हासिल गर्नमा विफल रहेपछि अब संस्थाहरूको माध्यमबाट दबाव बनाउने चेष्टा गरिँदैछ।

उनले भनिन्, बंगालले कहिल्यै पनि दबावको राजनीति सामु झुक्नुलाई स्वीकार गरेको छैन न त भविष्यमा गर्नेछ।

ममता ब्यनर्जीले राज्य सरकारका अधिकारीहरू र उनीहरूका परिवारहरूप्रति ऐक्यबद्धता व्यक्त गर्दै भनिन्, इमानदार भएर काम गर्ने अधिकारीहरूलाई लक्षित गरिँदैछ।

उनले भनिन्, बंगालले आफ्नो लोकतान्त्रिक परम्परा अनुसार हरेक किसिमको दबावको सामना गर्नेछ र राज्यका जनताले कुनै पनि विभाजनकारी राजनीतिलाई स्वीकार गर्ने छैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande