आईआईटी खड़गपुरका सुदीप मिश्रालाई ओम प्रकाश भसीन पुरस्कार
आईआईटी खड़गपुरका सुदीप मिश्रालाई ओम प्रकाश भसीन पुरस्कार


खड़गपुर, 19 मार्च (हि. स.)। भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) खड़गपुरका विभागीय सदस्य प्रो. सुदीप मिश्रालाई इलेक्ट्रनिक्स एवं सूचना प्रौद्योगिकीको क्षेत्रमा प्रतिष्ठित ओम प्रकाश भसीन विज्ञान एवं प्रौद्योगिकी पुरस्कारको लागि चयनित गरिएको छ। यस आशयको जानकारी बिहीवार अपरान्ह आईआईटी खड़गपुरद्वारा प्रेस विज्ञप्तिमा साझा गरिएको छ।

प्रेस विज्ञप्तिमा उल्लेख गरिए अनुसार वर्ष 1985-मा स्थापित यो पुरस्कारले विज्ञान एवं प्रौद्योगिकीको क्षेत्रमा उत्कृष्ट योगदानलाई मान्यता प्रदान गर्छ भने प्रत्येक वर्ष ओम प्रकाश भसीन फाउण्डेशनद्वारा प्रदान गरिन्छ। यस पुरस्कार अन्तर्गत प्रशस्ति पत्र, स्मृति चिन्ह (प्लाक) तथा एक लाख रुपियाँ नगद प्रदान गरिन्छ। यो पुरस्कारले ओम प्रकाश भसीनको धरोहरको सम्मान गर्दै ती उत्कृष्ट उपलब्धिहरूलाई प्रोत्साहित गर्छ जसले समाज एवं प्रौद्योगिकीको विकासमा महत्वपूर्ण भूमिका निभाउँछ।

प्रो. मिश्राको अग्रणी शोध कार्य, उत्कृष्ट शैक्षणिक नेतृत्व तथा इलेक्ट्रनिक्स एवं सूचना प्रौद्योगिकीको क्षेत्रमा उनले पुऱ्याएको दिगो योगदानलाई यस प्रतिष्ठित सम्मानको माध्यमबाट मान्यता प्राप्त भएको छ। उनको शोध कार्यले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण प्रभाव पारिरहेको छ। यो उपलब्धिले आईआईटी खड़गपुरको सुदृढ़ शोध वातावरण, नवाचारको संस्कृति औ उत्कृष्टताप्रति उसको प्रतिबद्धतालाई रेखांकित गर्दछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande