
मालदा, 19 मार्च (हि.स.)। जिल्लाको हरिशचन्द्रपुर-2 ब्लकमा ‘युवासाथी’ योजनालाई लिएर ठूलो विवाद भएको प्रकाशमा आएको छ। पैसा नपाएको तथा भ्रष्टाचार गरेको आरोपमा युवाहरूले बीडीओ अफिसभित्रै धरना प्रदर्शन गर्न शुरू गरे। तथापि पुलिस अनि केन्द्रिय बलले हस्तक्षेप गरेर आन्दोलनलाई धेर बेरसम्म टिक्न दिएन।
प्रदर्शनकारीहरूको आरोप छ, योग्य शिक्षित बेरोजगारहरूले महिनौंदेखिको प्रतिक्षा गरिरहेको ठाउँमा नाबालिक र बुजुर्गहरूको खातामा पैसा गइरहेको छ। साथै दलालहरूको माध्यमबाट सरकारी पोर्टलको जानकारी लिक गरिएको अनि पैसाको सट्टा लाभ दिलाएको गम्भीर आरोप पनि लागेको छ। प्रशासनले सम्पूर्ण मामिलाको जाँच गर्ने भरोसा दिएको छ भने तकनिकी गड़बड़ीलाई चाँड़ै सही बनाउने आश्वासन पनि दिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा