
मालदा, 19 मार्च (हि. स.)। जिल्लाको मानिकचक ब्लकको बोचाही क्षेत्रमा गए बुधवार अबेर साँझ एक प्लास्टिक फ्याक्ट्रीमा भयानक आगो लाग्यो। घना जनसंख्या भएको क्षेत्रमा अवस्थित फ्याक्ट्रीमा भारी मात्रामा प्लास्टिक सामग्री जमा भएको कारणले आगो द्रूत गतिमा फैलियो। सम्पूर्ण क्षेत्रलाई कालो धुँवाले ढाक्यो। स्थानीय मानिसहरू भयभित भए। चारैतिर कोकोहोलो मचियो।
स्थानीय सूत्र अनुसार गए बुधवार अबेर साँझ अचानक फ्याक्ट्रीभित्र आगो बलिरहेको तथा धुँवा निक्लिरहेको देखियो। स्थिति बिग्रिएको देखेर तुरून्तै दमकल विभागलाई सूचना दिइयो। आरोप छ, सूचना दिए पनि अबेरसम्म दमकलको एउटै पनि वाहन घटनास्थलमा पुगेन।
स्थानीय निवासी श्यामापद रायले भने, आगो लाग्नसाथ हामीले दमकलाई खबर दिइएको थियो, तर अबेरसम्म पनि कोही आएन जसबाट स्थिति झन् भयानक भयो।
दमकल अबेर गरी आइपुगेकोमा असन्तुष्ट स्थानीय मानिसहरू आफै आगो निभाउनमा जुटे। बाल्टी, भाँडाहरूले पानी हालेर लामो समयसम्म आगोलाई नियन्त्रण गर्ने प्रयास गरिय। अन्ततः स्थानीयहरूले नै आगोलाई नियन्त्रण गरे जसबाट ठूलो दुर्घटना हुनदेखि बच्यो। तर फ्याक्ट्रीमा राखिएको लाखौं रुपियाँको प्लास्टिक क्यारेट जलेर खरानी भएको छ।
प्राथमिक जाँचमा आगलागीको कारण शर्ट सर्किट रहेको मानिँदैछ। स्थानीयहरूले मथुरापुर क्षेत्रमा स्थायी दनकल केन्द्र स्थापना गर्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा