
नयाँ दिल्ली, 19 मार्च (हि.स.)। दिल्लीका मेयर राजा इकबाल सिंहले नागरिकहरूलाई श्रेष्ठ एवं सहज स्वास्थ्य सेवा प्रदान गर्नका लागि बिहीवार शकूरपुर क्षेत्रमा ‘आरोग्य मन्दिर’- को शिलान्यास गरे। यस अवसरमा कर्पोरेट मामिला तथा सड़क परिवहन एवं राजमार्ग राज्य मन्त्री हर्ष मल्होत्रा पनि उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले भने, दिल्ली सरकार तथा नगरनिगमले जनहितको लागि निरन्तर कार्य गरिरहेको छ। 'आरोग्य मन्दिर' जस्तो पहल यसै दिशामा एक महत्वपूर्ण कदम हो जसबाट मानिसहरूलाई उनीहरूकै क्षेत्रमा सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सकियोस्।
उनले भने, दिल्ली नगरनिगमको उद्देश्य प्रत्येक नागरिकसम्म स्वास्थ्य सेवाहरूको पहुँच सुनिश्चित गर्नु हो। आरोग्य मन्दिरको निर्माणबाट स्थानीय स्तरमा प्राथमिक स्वास्थ्य सेवा सुदृढ़ हुनको साथै नागरिकहरूलाई स-सानो उपचारको लागि टाड़ा जानु पर्दैन। मेयरले निर्माण कार्यलाई समयबद्ध, पारदर्शी एवं गुणस्तरीय ढंगमा पूरा गर्ने निर्देश दिए ताकि नागरिकहरू शीघ्र लाभान्वित हुन सकुन्।
केन्द्रिय राज्य मन्त्री हर्ष मल्होत्राले सबैभन्दा पहिला हिन्दू नव वर्षको अवसरमा दिल्लीका मानिसहरू सहित सारा देशलाई बधाई दिनको साथै चैत्र नवरात्रिको पनि शुभकामना दिँदै भने, यस शुभ दिनमाा दिल्ली सरकारको नेतृत्वमा एक परियोजना शुरू गरिएको छ जसको योजना सरकार गठन भएपछि बनाइएको थियोयस अतिरिक्त कार्यक्रममा अन्य जनप्रतिनिधिहरूले पनि आ-आफ्नो विचार राखे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा