तृणमूल कार्यकर्ताको क्षत-विक्षत शव भेटियो
तृणमूल कार्यकर्ताको क्षत-विक्षत शव भेटियो


उत्तर 24 परगना, 19 मार्च (हि.स.)। पश्चिम बंगालमा विधानसभा चुनाउको मिति घोषणा भएपछि राजनीतिक माहोल तातिएको छ। यसबीच मिनाखाँ क्षेत्रमा एकजना तृणमूल कार्यकर्ताको क्षत-विक्षत शव भेटिएको घटनाले खैलाबैला मचिएको छ।

पुलिस अनुसार मृतकको पहिचान मोशिउर काजी (38)- को रूपमा भएको छ जो हरोआ विधानसभा क्षेत्रको गांगनिया गाउँ निवासी थिए। स्थानीय मानिसहरूले दाबी गरेका छन्, उ तृणमूल कंग्रेसको सक्रिय कार्यकर्ता थियो।

प्राप्त जानकारी अनुसा गए बिहीवार बिहान झुझुर्गाछा गाउं (सोनापुकुर-शंकरपुर ग्राम पञ्चायत)- मा सड़क किनारमा एउटा शव लड़िरहेको भेटियो। शवमा कुनै धारिलो हतियारले प्रहार गरिएको निशान थियो भने अनुहारलाई पूर्ण रूपले क्षत-विक्षत बनाइएको थियो जसबाट चिन्हित गर्न गाह्रो भइरहेको थियो।

सूचना पाएर हरोआ थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। मृतकको भाइले स्थानीय मीडियालाई बताए, हामीले बिहान खबर पाएका हौं। शवलाई हेरेपछि मेरो दाज्यु हो भने चिन्न सकियो। उसको निर्मम हत्या गरिएको छ। यसको पछाड़ि राजनीतिक शत्रुताको इतिहास छ। हामीलाई न्याय चाहिन्छ।

बशिरहाट पुलिस जिल्लाका एकजना वरिष्ठ अधिकारीले भने, मृतकको अनुहारलाई नचिन्ने गरेर प्रहार गरेको कारणले शुरूमा त चिन्हित गर्नै गाह्रो भएको थियो। धेरै बेरपछि स्थानीय मानिसहरूले उसलाई चिन्हित गरे। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ। यो पत्तो लगाउने प्रयास गरिँदैछ कि हत्याको पछाड़ि राजनीतिक षड़यन्त्र छ वा कुनै पुरानो शत्रुता।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande