खरसाङबाट सोनाम लामा बने भाजपा उम्मेदवार
सोनाम लामा


खरसाङ, 19 मार्च (हि.स.)। विभिन्न अड्कलबाजीहरु माझमा अन्तत: भारतीय जनता पार्टीले खरसाङ निवासी सोनाम लामालाई खरसाङ विधानसभा समष्टिको लागि आफ्नो उम्मेदवार बनाएको छ। सोनाम लामा भाजपाको दार्जिलिङ जिल्ला महासचिव हुन्। उनले आफ्नो राजनीतिक यात्रा बिमल गुरुङको समयमा विद्यार्थी मोर्चाको लिडरको रुपमा शुरु गरेर 2017 को गोर्खाल्याण्ड आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनी पछिबाट भाजपामा सामेल भए।

यसपाली खरसाङ विधानसभा समष्टि सबैको नजरमा रहेको थियो। भाजपाले खरसाङ विधानसभा समष्टिबाट कसलाई टिकट दिने भन्ने जिज्ञासाको विषय बनेको थियो। उम्मेदार घोषणा हुन अघि विभिन्न व्यक्तिहरुको नामको हल्ला पनि चल्यो, जसमा सोनाम लामाको नाम पनि थियो। अन्ततः भाजपाले आफ्नो पार्टीकै दार्जिलिङ जिल्ला महासचिव एवं खरसाङ निवासी सोनाम लामालाई नै आफ्नो प्रार्थी बनाएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande