
कोलकाता, 20 मार्च (हि.स.)। आर.जी. कर मेडिकल कलेज एवं अस्पतालको लिफ्टमा फसेर 40 वर्षीय युवकको मृत्यु भएको मामिलामा तृणमूल कंग्रेसका विधायक अतिन घोषले प्रशासनिक विफलतालाई स्वीकार गरेका छन्। उनले भने, स्थानीय स्तरमा निगरानीको अभाव तथा प्रशासनिक लापरवाहीको कारणले यो दुर्घटना भएको हो।
अतिन घोष जो अस्पतालको रोगी कल्याण समितिका सदस्य पनि हुन्, शुक्रवार बिहान घटनास्थलमा पुगे। उनले बताए, यस मामिलालाई लिएर सोमवार रोगी कल्याण समितिको आपत बैठक डाकिनेछ जसमा प्रारम्भिक जाँच रिपोर्ट प्रस्तुत गर्न भनिनेछ।
उनले भने, प्रशासनले के कदम उठाएको छ र भविष्यमा यस्ता घटनाहरूलाई रोक्नको लागि के उपाय गर्न सकिन्छ, त्यो हेर्नुछ। उनले स्पष्ट रूपमा भने, स्थानीय प्रशासनको विफलतालाई अस्वीकार गर्न सकिँदैन। अस्पतालमा अहिले पनि सुरक्षा व्यवस्था अपर्याप्त नै छ।
यसबीच कोलकाता पुलिसको उत्तर सम्भागका उपायुक्त दिनेश कुमार पनि घटनास्थलको निरीक्षण गर्न पुगे। पुलिसले हाल अस्वभाविक मृत्युको मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
अतिन घोषले भने, घटनाको निम्ति जिम्मेवार अधिकारीहरू आफ्नो जवाफदेहीदेखि बच्न सक्दैनन्। उनले बताए, लिफ्ट लोक निर्माण विभागको अधिनमा पर्छ। यदि त्यसको रखरखाउ सही ढंगमा भएको छैन भने सम्बन्धित अदिकारीहरूले जिम्मेवारी लिनुपर्छ। उनले यो पनि भने, यदि सुरक्षाकर्मीहरू घटनास्थलमा थिएनन् भने सम्बन्धित एजेन्सीविरूद्ध कारबाही हुनुपर्छ।
रोगी कल्याण समितिको भूमिकामाथि उनले भने, नयाँं समितिको अहिलेसम्ममा दुई वटा मात्र बैठक भएको छ। अस्पतालको निरीक्षण गरी समस्याहरूलाई चिन्हित गरिनेछ। तथापि समितिलाई दैनिक प्रशासनिक कार्यहरूमा हस्तक्षेप गर्ने अधिकार छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा