दिल्ली विधानसभा अध्यक्षसित मुख्यमन्त्रीले गरिन् भेट, बजट सत्रको तयारीमाथि भयो सम्वाद
दिल्ली विधानसभा अध्यक्षसित मुख्यमन्त्रीले गरिन् भेट, बजट सत्रको तयारीमाथि भयो सम्वाद


नयाँ दिल्ली, 20 मार्च (हि.स.)। दिल्ली सरकारको बजट सत्रपूर्व शुक्रवार विधानसभा अध्यक्ष विजेन्द्र गुप्तासित मुख्यमन्त्री रेखा गुप्ताले भेट गरिन्। आगामी 23 मर्चदेखि बजट सत्र आरम्भ भइरहेको छ भने 24 मार्चमा दिल्लीको बजट पेश हुनेछ।

मुख्यमन्त्री रेखा गुप्ताले सोशल मीडिया एक्सको पोस्टमा भनिन्, आज दिल्ली विधानसभाका अध्यक्ष विजेन्द्र गुप्तासित शिष्टाचार भेट गरें। यस अवसरमा आगामी बजट सत्रको तयारी तथा दिल्लीको विकाससित सम्बन्धित विभिन्न विधायी विषयहरूमाथि सार्थक सम्वाद भयो। उनले भनिन्, हाम्रो सरकार दिल्लीको प्रगति तता जन आकांक्षाहरूलाई पूरा गर्ने बजट पेश गर्नको लागि पूर्मतः समर्पित छ।

यस अवसरमा विधानसभा उपाध्यक्ष मोहन सिंह बिष्ट, क्याबिनेट मन्त्री प्रवेश साहिब सिंह, मुख्य सचेतक अभय वर्मा उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande