
नदिया, 20 मार्च (हि. स.)। जिल्लाको कालीगञ्जस्थित पार्टी कार्यालयमा भएको तोड़फोड़को घटनालाई लिएर माकपाले कड़ा कदम उठाएको छ। पार्टीले सात जना सदस्यहरूलई तत्काल निष्कासित गरिदिएको छ। जिल्ला सचिव मेघलाल शेखले शुक्रवार जारी एक बयानमा यस आशय बारे बताएका छन्।
पार्टीको कारबाहीमा पर्ने सातजना सदस्यहरूमा क्रमैले सईदुल शेख, सेन्टू शेख, जहिरुद्दीन अहमद, अजय सरकार, मोदस्सेर मीर, एम. रहमान औ हनिफ मोहम्मद सामेल छन्। यिनीहरूमाथि आरोप लागेको छ, प्रथम चरणमा उम्मेद्वारहरूक घोषणा भएपछि यिनीहरूले पार्टी कार्यालयमा पसेर टेबल-कुर्सी सहित अन्य सामानहरू तोड़फोड़ गरे।
यस घटनापछि पार्टीको आन्तरिक मतभेद उजागार भएको छ। मात्र तीन दिनभित्रमा गरिएको यस कड़ा कारबाहीलाई ‘अनुशासनहीनता’ -माथि लगाम लगाउने तथा असन्तुष्ट कार्यकर्ताहरूलाई स्पष्ट सन्देश दिनेको रूपमा हेरिँदैछ।
उल्लेखनीय छ, गत मंगलवार वाममोर्चा अध्यक्ष विमान बसुले 192 विधानसभा सीटमा उम्मेद्वारहरूको घोषणा गरेका थिए। सूचीमा कालीगञ्जबाट दिवंगत बालिका तमन्ना खातूनकी आमा सबिना यासमिनलाई उम्मेद्वार बनाइएकोले विवद उत्पन्न भएको थियो।स्थानीय स्तरमा केही कार्यकर्ताहरूले यस फसेलाको विरोध गरे जसकारण पार्टी कार्यालयमा तोड़फोड़ तथा हातपातको स्थितिसम्म पुगेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा