कोलकाता सहित सम्पूर्ण बंगालमा मौसमको अलर्ट, तीव्र हुरी तथा वर्षा जारी
कोलकाता सहित सम्पूर्ण बंगालमा मौसमको अलर्ट, तीव्र हुरी तथा वर्षा जारी


कोलकाता, 20 मार्च (हि.स.)। पश्चिम बंगालमा चैत महिना शुरू हुनसाथ मौसमले कोल्टे फेरेको छ। राज्यका विभिन्न भागहरूमा तीव्र बतास तथा वर्षाको सिलसिला जारी छ। राजधानी कोलकातामा केही दिनदेखिको निरन्तर पानी परिरहेको छ। अलिपुर मौसम विभागले चेताउनी दिएको छ, खराब मौसमको यो सिलसिला आगामी केही दिनसम्म यथावत रहनसक्छ।

मौसम विभाग अनुसार शुक्रवार कोलकातामा 60 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने आशंका व्यक्त गरिएको छ। यसको साथै समुद्रमा पनि उथुल-पुथुल कायम छ। बंगालको खाड़ीबाट लगातार नमी आइरहेकोले राज्यमा हुरी-बताससितै वर्षाको निम्ति अनुकूल परिस्थिति उत्प्न भएको छ।

दक्षिण बंगालका केही जिल्लाहरूमा मेघ गर्जनसितै वर्षा, तीव्र हुरी तथा असिना पानी पर्नसक्छ। हावाको गति 60-70 किलोमीटर प्रतिघण्टासम्म पुग्नसक्छ। हावड़ा, हुगली, उत्तर 24 परगना, पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया, बाँकुड़ा, पूर्व र पश्चिम बर्धमान, बीरभूम, मुर्शिदाबाद तथा नदियामा शनिवारसम्म मौसम प्रतिकूल रहने चेताउनी जारी गरिएको छ।

मौसम विभागले मछुआराहरूलाई शुक्रवार र शनिवार समुद्रमा नजाने सल्लाह पनि दिएको छ, किनभने समुद्रमा 40-50 किलोमीटर प्रतिघण्टाको गतिले हावा चलिरहेको छ जुन कतिपय स्थानमा 60 किलोमीटरसम्म पुगेको छ।

उत्तर बंगालका जिल्लाहरूमा पनि मौसमको कहर जारी रहने सम्भावना छ। दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार तथा कुचबिहरमा अति भारी वर्षा हुने चेताउनी जारी गरिएको छ भने यहां 50-60 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्नसक्छ। यस्तो स्थिति आगामी सोमवारसम्म जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande