
मुम्बई, 20 मार्च (हि.स.)। मुम्बई प्रेस क्लबभित्र केही विषालु ग्यासले भरिएको विस्फोटक उपकरण जड़ान गरिएको झुटो धम्कीले शुक्रवार त्यहाँ कोकोहोलो मचियो। धम्कीपूर्ण ई-मेल पार्पात भएपछि मुम्बई पुलिस र अन्य सुरक्षा एजेन्सीहरूले प्रेस क्लबको गहन जाँच गऱे, तर कुनै पनि संदिग्ध वस्तु फेला परेन। मुम्बई पुलिस तथा महाराष्ट्र साइबर पुलिसले धम्की पठाउनेविरूद्ध मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
यस घटनाको अनुसन्धान गरिरहेका पुलिस अधिकारीले बताए, आज बिहान मुम्बई प्रेस रूमक ई-मेलमा धम्कीपूर्ण म्यासेज प्राप्त बेको थियो। उक्त ई-मेल पठाउनेले आफ्नो नाम नीरजा अजमल खान बतायो। म्यासेजमा भनिएको थियो, प्रेस क्लबको भवनभित्र विषालु ग्यास भएको सानो बम राखिएको छ जुन शुक्रवार अपरान्ह विस्फोट हुनेछ।
यसको सूचना पाउनसाथ मुम्बई पुलिसले प्रेस क्लब भवनलाई तत्काल खारी गराएर खोजी अभियान शुरू गऱ्यो। गहन खोजी अभियानमा केही पनि हात परेन, त्यसपछि मुम्बई पुलिसले राहत महसूस गऱ्यो। मुम्बई पुलिस र साइबर पुलिसले म्यासेज पठाउनेको बारेमा पत्तो लगाउने प्रयास गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा