
गुवाहाटी, 20 मार्च (हि.स.)। चुनाउ आयोगले विधानसभा चुनाउलाई मध्यनजर गर्दै सबै राजनीतिक विज्ञापनहरूको लागि मीडिया सर्टिफिकेशन एण्ड मनिटरिंग कमिटी (एमसीएमसी) बाट पूर्वानुमति लिनु अनिवार्य बनाइदिएको छ।
आयोगद्वारा शुक्रवार जारी निर्देश अनुसार राजनीतिक दल तथा उम्मेद्वारहरूले टीभी, रेडियो, सोशल मीडिया समेत सबै इलेक्ट्रनिक तथा इन्टरनेट आधारित माध्यमहरूमा विज्ञापन जारी गर्नअघि प्रमाणन लिनपर्छ। साथै उम्मेद्वारहरूले नामांकन दर्ता गराउँदा आफ्नो आधिकारिक सोशल मीडिया खाताको विवरण दिनु पनि अनिवार्य बनाइएको छ।
आयोगले पेड न्यूज र फेक न्यूजमाथि कड़ा निगरानी राख्ने निर्देश दिएको छ। यस अतिरिक्त रिप्रेजेन्टेशन अफ पीपल एक्ट, 1951 अन्तर्गत राजनीतिक दलहरूले चुनाउ समाप्त भएको 75 दिनभित्रमा डिजीटल प्रचारमाथि भएको खर्चको विवरण पनि प्रस्त्तुत गर्नुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा