महिषादलमा राजनीतिक विवाद, शुभेन्दु अधिकारीले लगाए आरोप
महिषादलमा राजनीतिक विवाद, शुभेन्दु अधिकारीले लगाए आरोप


पूर्व मेदिनीपुर, 20 मार्च (हि.स.)। जिल्लाको महिषादल विधानसभा क्षेत्रमा भाजपाभित्र जारी असन्तोषबीच विधानसभामा प्रतिपक्षका नेता शुभेन्दु अधिकारीले गम्भीर आरोप लगाएका छन्। उनको दाबी छ, महिषादल थानाका एकजना पुलिस अधिकारीले भाजपा नेता विश्वनाथ ब्यनर्जीमाथि तृणमूल कंग्रेसमा सामेल हुने दबाव दिए।

शुक्रवार बिहान शुभेन्दु अधिकारीले विश्वनाथको घरमा पुगेर 40 मिनटसम्म बैठक गरे। त्यसपछि उनले महिषादल थानामा पुगेर पुलिस अधिकारीहरूसित पनि बातचित गरे।

मीडियासित बातचित गर्दै उनले भने, पुलिसले निष्पक्ष रहेर काम गर्नुपर्छ अनि कुनै राजनीतिक दलको प्रभावमा पर्नु हुँदैन। उनले चेताउनी दिए, भविष्यमा यस्तो घटना भए चुनाउ आयोगमा सिकायत गरिनेछ। तथापि पुलिसद्वारा यी आरोपहरूलाई निराधार बताइएको छ। एकजना पुलिस अधिकारीले भने, यस किसिमको कुनै जानकारी उनीसित छैन।

स्मरण गराइन्छ, टिकट नपाएपछि विश्वनाथ ब्यनर्जीले गत 16 मार्चमा भाजपालाई ‘कर्पोरेट संस्था’-को संज्ञा दिँदै रोष व्यक्त गरेका थिए। तथापि शुभेन्दु अधिकारीसित बैठक गरेपछि उले स्पष्ट पारे, उनी भाजपामै रहनेछन्।

अर्कोतिर तृणमूल कंग्रेसका उम्मेद्वार तिलक कुमार चक्रवर्तीले भाजपामाथि कटाक्ष गर्दै भने, पार्टी “ताशका पत्ताहरू जस्ती छरिरहेको छ” र यस्तो असन्तोषलााई दबावले रोक्न सक्दैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande