
आसनसोल, 20 मार्च (हि. स.)। नेशनल हाइवे-14 स्थित कुनुस्तोरिया चौरस्ता नजिक शुक्रवार एक भयानक सड़क दुर्घटना भयो। जमुड़िया थाना क्षेत्रमा भएको यस दुर्घटनामा अनियन्त्रित डम्परले पहिला एउटा स्कर्पियो कारलाी पछाड़िबाट ठक्कर दियो। त्यसपछि फेरि एउटा मोटर साइकललाई ठक्कर दियो। घटनाको कारणले क्षेत्रमा सन्त्राष फैलियो। तथापि यस दुर्घटनामा कोही पनि गम्भीर रूपमा घाइते भएको छैन।
घटनापछि आक्रोशित स्थानीय मानिसहरूले सड़कमा उत्रेर केही समयसम्म नेशनल हाइवेलाई जाम गरिदिए। उनीहरूले आरोप लगाए, यस सड़कमा बारी वाहनहरूको द्रूत गति प्रायजसो नै दुर्घटाको कारण बन्दछ।
प्रदर्शनकारीहरूले माग गरे, प्रशासनले डम्परहरूको अनियन्त्रित आवागमनमाथि रोक लगाइयोस् अनि सड़क सुरक्षालाई मजुत बनाउनको लागि प्रभावकारी कदम उठाइयोस् ताकि भविष्यमायस्तो दुर्घटना हुनदेखि बचोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा