पुलिसले दशजना साइबर अपराधीहरूलाई पक्राउ गऱ्यो
पुलिसले दशजना साइबर अपराधीहरूलाई पक्राउ गऱ्यो


नवादा, 20 मार्च (हि.स.)। नवादा पुलिसले साइबर अपराधविरूद्ध व्यापक कारबाही गर्दै शुक्रवार एक संगठित गिरोहको भण्डाफोर गरेको छ। यस कारबाहीमा दशजना आरोपीहरूलाई पक्राउ गरिएको छ भने एकजना किशोरलाई हिरासतमा लिइएको छ।

शुक्रवार नवादा पुलिस उपाधीक्षक निशु मलिकले मीडियालाई यसबारे जानकारी गराए। पुलिस मुताविक गए 19 मार्चको अपरान्ह 12 बजेर 20 मिनटमा वारिसलीगञ्ज थानलाई सूचना प्राप्त भयो, ग्राम झोरस्थित एक कुखुरा फार्म निकट केही मानिसहरूले साइबर ठगीको योजना बनाइरहेका छन्। सूचना पाउनसाथ वरिष्ठ अधिकारीहरूको निर्देशमा थनाध्यक्षको नेतृत्वमा एउटा टीम गठन गरियो। टीमले तत्काल कारबाही गर्दै उक्त गाउँमा छापा माऱ्यो।

छापेमारीमा झौर गाउँबाट पाँचजना अनि गोड़ापर गाउँबाट छःजना मानिसहरूलाई समातियो जसमा एकजना किशोर पनि सामेल छ। जाँचमा पुलिसले आरोपीहरूबाट 14 वटा एण्ड्रोयड मोबाइल फोन र नौ पृष्ठको कस्टमर डाटा शीट जफत गरेको छ।

पुलिस जाँचमा खुलासा भएको छ, यो गिरोहले बजाज फाइनेन्स, रिलायन्स फानेन्स सहित अन्य कम्पनीहरूको नाममा मानिसहरूलाई लोन दिलाउने प्रलोभन देखाउँथ्यो। आरोपीहरूले फेसबुक र अन्य माध्यमहरूबाट मोबाइल नम्बर र डाटा जुटाउँथे। आफूलाई ब्यांक म्यानेजर वा कम्पनीको कर्मचारी बताउँद फोन गर्थे।. त्यसपछि प्रोसेसिंग फीसको नाममा मानिसहरूबाट पैसा ठग्दै आएका थिए।

पुलिसले यस मामिलामा वारिसलीगञ्ज थाना काण्ड संख्या 189/26 दर्ता गरी केही धारा तथा आईटी एक्ट अन्तर्गत मामिला दर्ता गरेको छ। हाल सबै आरोपीहरूलाई न्यायिक हिरासतमा पठाउने प्रक्रिया भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande