
पूर्णिया, 20 मार्च (हि.स.)। पूर्णिया जिल्लाको डगरुआ थाना अन्तर्गत विश्वासपुरस्थित राष्ट्रिय राजमार्ग-31 किनारमा नमस्कार होटल पछाड़ि एकजना 18 वर्षीय युवतीको शव भेटिएको घटनाले सन्त्राष फैलिएको छ। मृतकाको पहिचान खुशी कुमारी (पिता: सुखदेव चौधरी, ग्राम चतरा, पञ्चायत रामपुर, वार्ड संख्या-4) को रूपमा भएको छ।
परिजन अनुसार घटना गत 11 मार्चको रात लगभग 11:30 बजे भएको हो। आरोप छ, युवतीलाई प्रेम जालमा फसाएर गाउँंबाट बोलाइयो जहाँ चारजना युवकहरूले उसित सामूहिक दुष्कर्म गरेपछि उसको हत्या गरिदिए।
भनिन्छ, युवती बेपत्ता भएकोमा परिवारले पूर्वमा थानामा आवेदन दिएर खोजिदिने माग गरेको थियो। जाँच अवधि मोबाइल च्याट र व्हाट्सएपको माध्यमबाट ममिलाको श्रृङ्खला जोड़िँदै गयो। पुलिसले एकजना संदिग्ध युवकलाई हिरासतमा लियो जसले सबै कुरा बताेपछि कथित रूपमा शव भेटियो।
प्रथम दृष्टया यो आशंका व्यक्त गरिंदैछ, प्रमाण मेटाउने उद्देश्यले शवलाई जलाउने प्रास गरिएको थियो। तथापि वास्तविक स्थिति पोस्टमर्टम रिपोर्ट आएपछि मात्र स्पष्ट हुनसक्छ।
घटनाको सूचना पाउनसाथ ठूलो संख्यामा ग्रामीणहरू घटनास्थलमा पुगे अनि आक्रोशित मानिसहरूले लगभग चार-पाँच घण्टा राष्ट्रिय राजमार्गलाई जाम गरेर प्रदर्शन गरे। स्थितिलाई नियन्त्रण गर्नको लागि पूर्णियाबाट आएका पुलिस एवं प्रशासनका अधिकारीहरूले मानिसहरूलाई समझाएर जामलाई हटायो।
पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि सरकारी मेडिकल कलेज, पूर्णियामा पठाइदिएको छ। परिवारले चारजना युवकमाथि गम्भीर आरोप लगाउँदै निष्पक्ष जाँच अनि दोषीहरूविरूद्ध कड़ा कारबाही गर्ने माग गरेको छ। हाल पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा