
कोलकाता, 20 मार्च (हि. स.)। कोलकाताको एसएसकेएम अस्पतालमा शुक्रवार बिहान एक जना युवकको शव भेटियो। यस घटनाको कारण कोकोहोलो मचियो। अस्पतालको चौथो तलामा अवस्थित ग्यास्ट्रोएन्टरोलजी विभागको बाह्य रोगी (ओपीडी) छेवैमा युवकको शव गलफन्दामा झुण्डिरहेको थियो।
पुलिस सूत्र अनुसार मृतकको पहिचान इमरान सरदार (22)- को रूपमा भएको छ जो अस्पतालमा कन्ट्र्याक्टचुअल सफाईकर्मीको रूपमा कार्यरत थिए। शुक्रवार बिहान अन्य कर्मचारीहरू मुख्य भवन सामू अवस्थित नयाँ ओपीडी भवनमा आइपुग्दा चौथो तलाको एउटा कोठामा शव झुण्डिरहेको देखियो। तुरून्तै पुलिसलाई सूचना दिइयो।
जानकारी मुताविक सदा जस्तै कर्मचारीहरू ग्यास्ट्रोएन्टरोलजी विभागको ओपीडी खोल्न पुगेका थिए। यसै अवधि चोथो तलाको कोठाभित्र युवकको शव देखिएपछि कोकोहोलो मचियो। घटनापछि सम्पूर्ण अस्पतल परिसरमा सन्त्राष फैलियो।
हाल पुलिसले मामिलाको जाँच गरेर यो पत्तो लगाउने प्रयास गरिरहेको छ कि यो आत्महत्या हो वा हत्या। युवकको मृत्युलाई लिएर रहस्य भएको छ।
शुक्रवार बिहानै आर.जी. कर मेडिकल कलेजमा पनि एकजना व्यक्तिको लिफ्टमा फसेको कारणले मृत्यु भयो। मृतकको पहिचान अरूप ब्यानर्जीको रूपमा भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा