पीसी अग्रवालद्वारा लिखित पुस्तक 'आई लभ खरसाङ' लोकार्पित
पीसी अग्रवालद्वारा लिखित पुस्तक 'आई लभ खरसाङ' लोकार्पण


- यो पुस्तक खरसाङवासीको लागि इतिहास हो: अनित थापा

खरसाङ, 20 मार्च (हि.स.)। खरसाङका वरिष्ठ व्यक्तित्व, खरसाङ नगरपालिकाका पूर्व चेयरम्यान, समाजसेवी पीसी अग्रवालद्वारा लिखित पुस्तक 'आई लभ खरसाङ' को आज खरसाङमा लोकार्पण गरिएको छ। कार्यक्रममा पीसी अग्रवालद्वारा लिखित पुस्तक 'आई लभ खरसाङ' को जीटीए प्रमुख अनित थापा, पद्यश्री प्रापक डा एकलव्य शर्मा, पूर्व सांसद शान्ता छेत्री, पूर्व विधायकद्वय डा रोहित शर्मा र एनबी छेत्री, खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, मकैबारी चियाबारीका पूर्व मालिक राजा ब्यानर्जी, सभासदद्वय श्याम शेर्पा र नवराज छेत्री, गुम्बाका ख्याम्बोको बाहुलीबाट विधिवत् रूपमा लोकार्पण गरियो।

पीसी अग्रवालको जन्म 20 मार्च, 1935 सालमा भएको थियो। उनले आफ्नो 91औं जन्म दिनको अवसरमा आफ्नो पुस्तक लोकार्पण गरेका छन्।

कार्यक्रममा जीटीए प्रमुख अनित थापाले आफ्नो सम्बोधनमा भने, पीसी अग्रवाल सरको पुस्तक लोकार्पण कार्यक्रममा उपस्थित हुन पाउँदा आफुलाई भाग्यमानी ठान्छु। पीसी अग्रवाल सरले खरसाङको लागि धेरै योगदान दिनु भएको छ। उहॉंको यो पुस्तक खरसाङवासीको लागि इतिहास हो।'

कार्यक्रममा लेखक पीसी अग्रवालले उपस्थित सबैप्रति आभार प्रकट गरे। कार्यक्रमलाई डा एकलव्य शर्मा, शान्ता छेत्री, ब्रिगेन गुरुङ लगायत अन्यहरुले पनि सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande