
कोलकाता, 21 मार्च (हि.स.)। पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले शनिवार दक्षिण कोलकाताको भवानीपुर विधानसभा क्षेत्रबाट आफ्नो चुनाउ प्रचार शुरू गरे। यस अवधि उनले मुख्यमन्त्री ममता ब्यानर्जीमाथि चर्को प्रहार पनि गरे।
अधिकारीले यसपालि भवानीपुरबाट चुनाउ लड़िरहेका छन् जहाँ तृणमूलकी उम्मेद्वार ममता ब्यानर्जी छन्। यसको साथै शुभेन्दुले पूर्वी मेदिनीपुर जिल्लाको नन्दीग्रामबाट पनि चुनावी मैदानमा उत्रेका छन् जहाँबाट उनी दुई पटकसम्म विधायक रहिसकेका छन्।
शनिवार उनले प्रसिद्ध कालीघाट मन्दिरमा पूजा-अर्चना गरी आफ्नो अभियानको शुरूआत गरे। त्यसपछि मीडियासित कुराकानी गर्दै उनले भने, “विशेष गहन पुनरीक्षण (एसआईआर)-लाई लिएर डर तथा हारको भय मुख्यमन्त्रीको हावभावमा स्पष्ट रूपमा झल्किरहेको छ।”
उनले भने, “संकेत स्पष्ट छ। मुख्यमन्त्रीले यस्तो व्यवहार गरिरहेकी छन्, मानौ उनलाई काँड़ाले घोंचेको छ। आम जनताले उनी डराएको कुरा बुझिसकेका छन्।”
भाजपाद्वारा उनलाई भवानीपुरबाट उम्मेद्वार बनाइएकोमा अधिकारीले भने, यसबाट पार्टीको गम्भीरता स्पष्ट हुन्छ। “यो दर्शाउँछ कि भाजपा भवानीपुरलाई लिएर कति गम्भीर छ। म पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको अनुशासित कार्यकर्ता हुँ। मैले पार्टीको निर्देशलाई पालन गरेको छु,” उनले भने।
नेता प्रतिपक्षले केन्द्रिय कोलकाताको रेड रोडमा ईदको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीले गरेको सम्बोधनको आलोचना गरे। उनले भने, मुस्लिम संगठनहरूले यस पवित्र अवसरको उपयोग गरेकोमा मुख्यमन्त्रीको निन्दा गर्नुपर्छ।
यसपूर्व रेड रोडमा आयोजित ईद समारोहलाई सम्बोधन गर्दै ममता ब्यानर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरेकी थिइन्। उनले भनेकी थिइन्, विशेष गहन पुनरीक्षण प्रक्रियाको मुख्य सूत्रधार मोदी नै हुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा