आईजीजेएफले चुनावी अभियानलाई तीव्रता दिँदै नेतृत्वहरूलाई सुम्पिए कार्यभार
आईजीजेएफले चुनावी अभियानलाई तीव्र रूप दिँदै नेतृत्वहरूलाई सुम्पिए कार्यभार


दार्जिलिङ, 21 मार्च (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आफ्नो चुनावी अभियानलाई तीव्र रूप दिँदै पार्टी कार्यकर्ताहरूलाई कार्यभार सुम्पिने कार्य गरेको छ। पार्टीको दार्जिलिङस्थित केन्द्रिय कार्यालयमा पश्चिम बंगाल विधानसभा चुनाउलाई ध्यानमा राख्दै पार्टी कार्यकर्ताहरूलाई कार्यभार सुम्पिने कार्य गरिएको हो।

यस क्रममा रिम्बिक लोधोमा, रेलिङ कैंजले, गोक बिजनबारी, रंगबुल धोत्रे, सुखिया मानेभञ्ज्याङ जीटीए निर्वाचन क्षेत्रहरूको कार्यभार पुरण तामाङ र आकाश प्रधानलाई सुम्पिएको छ। त्यसरी नै दार्जिलिङ सदर 1, ऋषिहाट ब्लूमफिल्ड, चुङथुङ मेरीबुङ तामसाङ, घुम जोरबंगलो जीटीए निर्वाचन क्षेत्रहरूको कार्यभार प्रतीम सुब्बा र उज्ज्वल लिम्बूलाई सुम्पिएको छ।

यसरी नै फुब्सेरिङ पान्दाम, लेबुङ बदमताम, सोम तकभर जीटीए निर्वाचन क्षेत्रहरुको कार्यभार जितेन राई र भरत तामाङलाई सुम्पिएको छ। दार्जिलिङ सदर 2, सदर 3, सदर 4 जीटीए निर्वाचन क्षेत्रको कार्यभार रोबर्ट छेत्री, मदन मोक्तान र अर्जुन राईलाई सुम्पिएको छ। यसरी नै नागरी धजे, चामोङ पोखरेबुङ जीटीए निर्वाचन क्षेत्रहरुको कार्यभार एसके राई र पुकार गहतराजलाई सुम्पिएको छ।

पार्टीको चुनावी कार्यलाई अझ थप टेवा प्रदान गर्न केसाङ भोटिया, रितेश पोर्तेल, गोपाल परियारलाई पार्टीले छनौट गरेका छन्। सभामा पार्टी केन्द्रिय संयोजक अजय एडवर्ड्स लगायत अन्य केन्द्रिय नेतृत्वहरूसँगै पार्टी कार्यकर्ता तथा नेतृत्वहरूको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande