
आसनसोल, 21 मार्च (हि.स.)। आसनसोल काली पहाड़ी नजिक गए शुक्रवार अबेर साँझ भएको एक भयंकर दुर्घटनाले सम्पूर्ण क्षेत्रलाई थर्काइदियो। आसनसोल नर्थ थाना अन्तर्गत कल्ला मोड़स्थित नेशनल हाइवे-19 मा चारवटा वाहनहरू आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भए जसमा धेरैजना मानिसहरू घाइते भए।
दुर्घटनापछि घटनास्थलमा खैलाबैला मचियो। क्षणभरमै हाइवेमा लामो जाम लाग्यो। प्रत्यक्षदर्शीहरू अनुसार यस भयानक भिड़न्तमा वाहनहरूको अघिल्लो भाग पूर्ण रूपले क्षतिग्रस्त भएको छ।
घटनाको सम्बन्धमा कार चालक मोहम्मद आजाद सैयदले बताए, उनको वाहन सिग्नलमा खड़ा थियो। पछाड़िबाट द्रूत गतिको कारले ठक्कर दियो।ठक्करपछि एकपछि अर्को गर्दै चार वटा वाहनहरू आपस्तमा भिड़िए। उनले भने, यस दुर्घटनामा उनलाई पनि गम्भीर चोट लागेको छ, तर स्थानीय मानिसहरू तथा पुलिसको तत्परतामा उनलाई समयमै अस्पतालम पुऱ्याइयो।
सूचना पाउनसाथ पुलिसले घटनास्थलम पुगेर बचाउ अनि राहत कार्य शुरू गऱ्यो। सबै घाइतेहरूलाई तत्कालै नजिकैको अस्पतालमा भर्ती गरियो। ट्राफिक अधिकारी सञ्जय कुमार भौमिकले बताए, उनी घटनास्थलमै उपस्थित थिए, अचानक चार वटा वाहनहरू आपस्तमा ठोक्किए हामीले तत्कालै घाइतेहरूलाई अस्पतालमा पुऱ्यायौँ अनि दुर्घटनाग्रस्त वाहनहरूलाई जफत गरेका छौं। मामिलाको जाँच भइरहेको छ।
।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा