असम विस चुनाउको लागि ईभीएम-भीभीप्याटको प्रथम ऱ्याण्डमाइजेशन प्रक्रिया पूर्ण
असम विस चुनाउको लागि ईभीएम-भीभीप्याटको प्रथम ऱ्याण्डमाइजेशन प्रक्रिया पूर्ण


गुवाहाटी, 21 मार्च (हि.स.)। चुनाउ आयोगले असममा आसन्न विधानसभा चुनाउको लागि ईभीएम र भीभीप्याटको प्रथम चरणको ऱ्याण्डमाइजेशन प्रक्रिया सफलतापूर्वक पूरा गरेको छ। चुनाउ आयोगद्वारा दिइएको आधिकारिक जानकारी अनुसार यस प्रक्रिया अन्तर्गत निर्वाचन क्षेत्रहरू अनुसार मशिनहरूको सूची बनाएर रजनीतिक दलहरूसित साझा गरिएको छ।

उल्लेखनीय छ, असम विधानसभाको आम चुनाउको घोषणा गत 15 मार्च, 2026-मा गरिएको थियो। चुनाउ प्रक्रिया अन्तर्गत पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्नको लागि इलेक्ट्रनिक भोटिंग मशिन (ईवीएम)-हरूको आवन्टन दुई चरणको ऱ्याण्डमाइजेशन प्रणालीको माध्यमबाट गरिन्छ।

प्रथम चरणमा जिल्ला स्तरका गोदामहरूबाट ईभीएमलाई विधानसभा क्षेत्रहरूमा आवन्टित गरिन्छ भने दोस्रो चरणमा यसलाई सम्बन्धित मतदान केन्द्रहरूमा वितरण गरिन्छ। यो सम्पूर्ण प्रक्रिया प्रथम स्तरीय जाँच (एफएलसी) पछि जिल्ला निर्वाचन अधिकारीहरूद्वारा आयोगको दिशा-निर्देश अनुसार सम्पन्न गराइन्छ।

आयोगले बतायो, असमसँगसँगै नागाल्याण्ड र त्रिपुरामा हुने उपचुनाउको लागि पनि प्रथम ऱ्याण्डमाइजेशन प्रक्रिया पूरा गरिएको छ। यी राज्यहरूमा आगामी 9 अप्रेलको दिन मतदान निर्धारण गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande