
गुवाहाटी, 21 मार्च (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-ले शनिवार आगामी असम विधानसभा चुनाउ- 2026 को लागि आफ्ना उम्मेद्वारहरूको दोस्रो सूची जारी गऱ्यो जसमा दुई वटा निर्वाचन क्षेत्रका उम्मेद्वारहरूको नाम सामेल छ।
पार्टीको केन्द्रिय चुनाउ समितिद्वारा जारी एक आधिकारिक बयान अनुसार यस सूचीमा दलगाउं र सिसिबरगाउँ विधानसभा क्षेत्रका उम्मेद्वारहरूको नाम सामेल छ। कृष्णा साहालाई 51-दलगाउँ निर्वाचन क्षेत्रबाट मैैदानमाा उतारिएको छ भने जीवन गोगोईलाई 79- सिसिबर गाउँ सीटबाट उम्मेद्वार बनाइएको छ।
यो घोषणा उम्मेद्वारहरूको सूचीलाई अन्तिम रूप दिने भाजपाका प्रयासहरूको एक भाग हो। पार्टीले यसपूर्व आफ्नो पहिलो सूची जारी गरेको थियो जसमा अधिकांश निर्वाचन क्षेत्रहरूलाई सामेल गरिएको छ त्यसमा 88 जना उम्मेद्वारहरूको नाम उल्लेखित छ। 21 मार्चको तारिक अंकित यो आधिकारिक बयान नयाँ दिल्लीस्थित भाजपाको केन्द्रिय कार्यालयबाट पार्टीका केन्द्रिय नेतृत्वद्वारा हस्ताक्षरित छ।
मीडियालाई सम्बोधन गर्दै डा. सरमाले भने, पार्टीले उम्मेद्वारहरूको चयनमा सन्तुलित प्रतिनिधित्व सुिश्चित गर्ने सचेत प्रयास गरेको छ जसमा युवा, महिल, अनुसूचित जनजाति (एसटी), अनुसूचित जाति (एससी) औ नाथ समुदायका सदस्यहरूलई सामेल गरिएको छ। राज्यभरिकै पार्टी कार्यकर्ताहरूले यस सूचीप्रति सन्तोष व्यक्त गर्दै चुनाउमा भाजपाले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा