कुशल कोँवरको जयन्तीमा असमका मुख्यमन्त्रीले दिए श्रद्धाञ्जली
कुशल कोँवरको जयन्तीमा असमका मुख्यमन्त्रीले दिए श्रद्धाञ्जली


गुवाहाटी, 21 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा.हिमन्त बिस्व सरमाले शनिवार स्वतन्त्रता सेनानी कुशल कोँवरको जयन्तीमा उनलाई श्रद्धाञ्जली अर्पण गर्द उनका आदर्शहरूलाई स्मरण गरे।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, कुशल कोँवर एकजना स्वतन्त्रता संंग्रामी मात्र थिएनन्, सत्य, अहिंसा एवं आत्मबलिदानका जीवन्त प्रतिक थिए। उनले भने, आजको असम जुन शान्ति, प्रगति तथा विकासको मार्गमा अग्रसर भएको छ, त्यसको जग यस्ता शहीदहरूको बलिदानमाथि अड़िएको छ जसको रगत यस धरतीमा समाहित छ।

उनले भने, कुशल कोंवरको जीवनले हामीलाई सिकाउँछ कि देशभक्ति शब्द मात्र होइन, त्याग र समर्पणको परिचायक पनि हो। अन्यायविरूद्ध अडिग बसेर उनले स्वतन्त्रताको लड़ाईमा समर्पणको सट्टा बलिदानको मार्गलाई चुने।

मुख्यमन्त्रीले भने, भारत माताले यस वीर सपूतलाई उनको जयन्तीमा श्रद्धापूर्वक नमन गर्दै उनको योगदानलाई स्मरण गर्छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande