असम: गौविवि परिसरको तलाउबाट शव उद्धार, जाँच जारी
असम: गौविवि परिसरको तलाउबाट शव उद्धार, जाँच जारी


गुवाहाटी, 21 मार्च (हि.स.)। राजधानी गुवाहाटीको जालुकबारी क्षेत्रमा अवस्थित गौहाटी विश्वविद्यालय (गौविवि) परिसरको एउटा तलाउमा शनिवार एउटा शव भेटियो जसले गर्दा विद्यार्थीहरू अनि स्थानीय मानिसहरूमा सन्त्राष व्याप्त भएको छ। यो घटना विश्वविद्यालय परिसरभित्र सरायघाट कलोनी क्षेत्रमा भएको हो जहाँ स्थानीय मानिसहरूले सबैभन्दा पहिला उक्त शवलाई पानीमा तैरिरहेको देखे।त्यसपछि तुरून्तै अधिकारीहरूलाई घटनाको सूचना दिए।

सूचना पाउनसाथ पुलिस टीम स्टेट डिज़ास्टर रेस्पन्स फोर्स (एसडीआरएफ)- का जवानहरूसित घटनास्थलमा पुग्यो जसले तलाउबाट शवलाई बाहिर निकाल्नमा सहयोग गऱ्यो। अधिकारीहरूले पुष्टि गरेका छन्, शव भेटिएको छ। तथापि मृतकको पहिचान अन्तिम सूचना पाउञ्जेलसम्म पनि हुन सकेको थिएन। घटनास्थलबाट कुनै पनि वस्तु वा दस्तावेज भेटिएन जसबाट मृतकको पहिचान गर्नमा सहयोग पुग्न सकोस्।

मृत्युको कारण एवं परिस्थिति पत्तो लगाउनको लागि प्रारम्भिक जाँच शुरू गरिएको छ। अधिकारीहरूले प्रारम्भिक चरणमा कुनै पनि सम्भावनादेखि अस्वीकार गरेका छैनन् साथै यो पनि स्पष्ट पारेका छैनन् कि यो मामिला गल्तीले डुबेको हो वा यसमा कुनै आपराधिक षड़यन्त्र छ।

शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ जसबाट मृत्युको कारण पत्तो लाग्ने आशा छ। पुलिसले बतायो, मृतकको पहिचान गर्ने प्रयास जारी छ। अग्रिम जाँच फोरेन्सिक निष्कर्ष तथा उपलब्ध प्रमाणहरूको आधारमा गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande