भाजपाले ‘बंगलादेशी मुसलमानहरूको भोट चाहँदैन: मुख्यमन्त्री सरमा
भाजपाले ‘बंगलादेशी मुसलमानहरूको भोट चाहँदैन: मुख्यमन्त्री सरमा


गुवाहाटी, 21 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार भने, भारतीय जनता पार्टी (भाजपा) तथाकथित “बंगलादेशी मुसलमान”- हरूको भोट लिन इच्चुक छैन। उनले विश्वास व्यक्त गरे, असमिया मुसलमानहरूले निश्चय पनि पार्टीको पक्षमा मतदान गर्नेछन्।

एक कार्यक्रममा सामेल हुनपूर्व मीडियासित बातचित गर्दै मुख्यमन्त्रीले भने, असमिया मुसलमानले भाजपालाई समर्थन गर्नेछ जसबाट राज्यमा स्वदेशी समुदायहरूबीच पार्टीको पकड़प्रति उनको भरोसा झल्किन्छ।

उनले भने, राज्यमा अतिक्रमणकारीहरूविरूद्ध भइरहेको बेदखली अभियान जारी रहनेछ। यो सरकारको नीतिको एक भाग हो। उनले स्पष्ट पारे, यी बेदखली अभियनहरूको आगामी चुनाउसित कुनै सम्बन्ध छैन। यसलाई राजनीतिक दृष्टिले हेर्नु हुँदैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande