
श्रीनगर, 21 मार्च (हि.स.)। जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले शनिवार भने, अमेरिका र इजरायलद्वार विश्वमाथि थोपिएको “अवैध” युद्धमा चाँड़ै विराम लाग्नुपर्छ।
हजरतबल दरगाहमा ईदको नमाज पढ़ेपछि अब्दुल्लाले पत्रकारहरूसित कुराकानी गर्दै भने, मैले अमेरिका र इजरायलले हामीमाथि थोपेको अवैध युद्ध समाप्त होस् भनी प्रार्थना गरें।उनले भने, सम्पूर्ण मुस्लिम जगतमा अनिश्चितता छाएको छ, किनभने कुनै पनि मुस्लिम देश यस्तो छैन जो युद्धदेखि अछुतो रहेको होस्।मध्य पूर्वमा भइरहेको यस युद्धको प्रभाव भारतमा पनि परेको छ।
मुख्यमन्त्रीले भने, यसबाट भारतका मुसलमानहरूको भावना प्रभावित भइरहेको छ भने हरेक भारतीयको ऊर्जा सम्बन्धि आवश्यकता प्रबावित भिरहेको छ। मानिसहरूलाई घर संचालनको लागि आवश्यक ग्यास अनि डिजल पाउन गाह्रो भइरहेको छ। श्रीनगरको नौहट्टास्थित जामिया मस्जिदलाई लगातार सातौं वर्ष पनि ईदको नमाज पढ़्नको लागि बन्द गरिएकोलाई मुख्यमन्त्रीले दुर्भाग्यपूर्ण बताए।
उनले भने, सुरक्षा अधिकारीहरूको भनाइ र गराईमा विरोधाभास छ। एकातिर उनीहरू भन्छन्, सबै कुरा सामान्य छ अर्कोतिर उनीहरूले नै ऐतिहासिक मस्जिदलाई बन्द गरिदिएका छन्। यो सामान्य स्थिति कसरी भयो। आशा छ भविष्यमा उक्त फसेला परिवर्तन हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा