
नयाँ दिल्ली, 21 मार्च (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, सिभिल सेवा परीक्षा (यूपीएससी)- मा सफलता हासिल गर्ने युवाहरूले आफ्नो परिश्रम तथा संकल्पले दिल्लीको गौरव बढ़ाएका छन्। मुख्यमन्त्रीले शनिवार मुख्यमन्त्री जनसेवा सदनमा आयोजित ‘दिल्लीका गौरव – यूपीएससी अचिभर्स अभिनन्दन समारोह- 2026’- मा सफल उम्मेद्वारहरूलाई सम्मानित गरिरहेकी थिइन्।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा भनिन्, यो सफलता दिल्लीको त्यस सम्भावनाहरूले भरिएको संस्कृतिको प्रतीक हो जसले युवाहरूलाई आफ्नो सपना साकार बनाउने मञ्च दियो। उनले भनिन्, यी युवाहरूको उपलब्धि व्यक्तिगत मात्र नभएर सम्पूर्ण समाजको लागि प्रेरणा हो।
रेखा गुप्ताले यस अवसरमा सफल उम्मेद्वारहरूसँगसँगै उनीहरूका माता-पिता र परिवारजनलाई पनि बधाई दिइन्। उनले भनिन्, परिवारको त्याग, विश्वास अनि सहयोग बिना यस किसिमको उपलब्धि सम्भव हुँदैन।
मुख्यमन्त्रीले युवाहरूलाई सम्बोधन गर्दै भनिन्, अब उनीहरूको जीवनको अघिल्लो चरण अझ् चुनौतीपूर्म हुनेछ जहाँ उनीहरूले आफ्नो प्रतिभा, क्षमता र ज्ञानको उपयोग जनसेवाको लागि गर्नुपर्छ। उनले आशा व्यक्त गरिन्, सबै युवाहरूले संवेदनशीलता औ समर्पण पूर्वक आफ्नो दायित्व निर्वहन गर्नेछन् अनि देशको विकास तथा राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निभााउने छन्।
उनले भनिन्, यस लक्ष्यसम्म पुग्नका लागि युवा तथा उनीहरूको परिवारहरूले धेरै त्याग गरेका छन्। कठिन परिश्रम, अनुशासन एवं लक्ष्यप्रति समर्पण नै यस सफलताको कुञ्जी हो।
मुख्यमन्त्रीले सबै सफल उम्मेद्वारहरूको उज्जवल भविष्यको कामना गर्दै उनीहरूलाई भविष्यमा पनि यस्तै लगनशील भएर काम गर्नका लागि प्रेरित गरिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा