चाँपदानीमा भाजपा उम्मेद्वारको विरोधमा पोस्टरिंग,आरोप तृणमूलमाथि
चाँपदानीमा भाजपा उम्मेद्वारको विरोधमा पोस्टरिंग,आरोप तृणमूलमाथि


हुगली, 21 मार्च (हि.स.)। हुगली जिल्लाको चाँपदानी विधानसभा सीटबाट भारतीय जनता पार्टी (भाजपा)- का उम्मेद्वार दिलीप सिंहको विरोधमा चाँंपदानी विधानसभा क्षेत्रमा गए शुक्रवार साँझ पोस्टरहरू टाँसिएको देखियो। पोस्टरहरूमा लेखिएको छ- बाहिरका उम्मेद्वार दिलीप सिंह हामीलाई स्वीकार छैन। यस अतिरिक्त शेवड़ाफुलीमा भाजपाको झण्डा बोकेका केही मानिसहरूलाई दिलीप सिंह गो ब्याकको नारा लगाउँदै गरेको पनि देखियो।

यस सन्दर्भमा हिन्दुस्थान समाचार ले भाजपा उम्मेद्वार दिलीप सिंहसित शनिवार बिहान सम्पर्का गर्दा उनले भने, तृणमूल कंग्रेसको जनाधार भत्किसकेको छ। हारको डरले तृणमूल नेताहरूले यो काम गराएका हुन्। तृणमूलका मानिसहरूले जे नै गरुन्, तर यसपालि पश्चिम बंगालमा भाजपाले नै सरकार बनाउनेछ अनि चाँपदानीमा भाजपा भारी मतले जित्नेछ।

सम्पूर्ण प्रकरणमा तृणमूल कंग्रेसको पक्ष बुझ्नको लागि तृणमूल उम्मेद्वार अरिन्दम गुइनसित फोनमा सम्पर्क गर्ने प्रयास गरियो, तर उनीसित सम्पर्क हुन सकेन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande