आईपीयूले डे केयर सेन्टरमा डेन्टल चेक-अप क्याम्प आयोजना गऱ्यो
आईपीयूले डे केयर सेन्टरमा डेन्टल चेक-अप क्याम्प आयोजना गऱ्यो


नयाँ दिल्ली, 21 मार्च (हि.स.)। विश्व मुख स्वास्थ्य दिवसको अवसरमा गुरु गोबिन्द सिंह इन्द्रप्रस्थ विश्वविद्यालय (आईपीयू)-को विश्वविद्यालय स्वास्थ्य केन्द्रले शनिवार द्वारका परिसरस्थित डे-केयर सेन्टरमा एक मेगा डेन्टल चेक-अप क्याम्पको आयोजन गऱ्यो। यस पहलको उद्देश्य डे-केयर सेन्टरका स-साना बाल-बालिकाहरूमा मौखिक स्वच्छता औ प्रिभेन्टिभ डेन्टल केयरको बारेमा जागरूकता बढ़ाउनु थियो।

कार्यक्रम चिकित्सा अधिकारी डा. तारा चन्दको मार्गदर्शनमा आयोजना गरिएको थियो। डेन्टल अधिकारी तथा केन्द्रका डेन्टल असिस्टेन्ट डा.वर्तिकामोंगालले समन्वय गरिन्। यस क्याम्पलाई केन्द्रका अनुभवी डेन्टल पेशावरहरूको समर्थन प्राप्त थियो जसले डेन्टल चेक-अप क्याम्पको सुचारू संचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरे।

क्याम्पमा 25 जनाभन्दा अधिक बाल-बालिकाहरूले उत्साहपूर्वक भाग लिए जसलाई निःशुल्क डेन्टल चेक-अप सेवााको लाभ प्राप्त भयो। मौखिक परीक्षण गरिनका साथ स-साना बाल-बालिकाहरूलाई दाँतको उचित स्वच्छतालाई काम राख्नको लागि विशेषज्ञहरूले मार्गदर्शन प्रदान गरे।

यस पहलले दाँतसित सम्बन्धित समस्याहरूलाई चांड़ै पत्तो लगाउनमा महत्वपूर्ण योगदान दियो भने बाल-बालिकाहरूमा प्रिभेन्टिभ केयरलाी प्रोत्साहित गऱ्यो। यो आयोजन अत्यधिक प्रभावशाली साबित भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande