खड़गपुर : दिलीप घोषले प्रदीप सरकारमाथि विकास रोकेको आरोप लगाए
खड़गपुर : दिलीप घोषले प्रदीप सरकारमाथि विकास रोकेको आरोप लगाए


खड़गपुर, 21 मार्च (हि.स.)। खड़गपुरको राजनीति एक पटक फेरि गर्मिएको छ। खड़गपुर सीटबाट भारतीय जनता पार्टी (भाजपा) उम्मेद्वार दिलीप घोषले शनिवार बिहान प्रतिद्वन्द्वि तृणमूल उम्मेद्वार प्रदीप सरकारमाथि चर्को हमला गरे।

दिलीप घोषले प्रदीप सरकारलााई “विकासमा बाधा” औ “स्पीड ब्रेकर” -को संज्ञा दिँंदै आरोप लगाए, उनले नगरपालिका चेयरम्यान हुँदादेखि नै खड़गपुरमा विकास कार्यहरूलाई रोक्ने प्रयास गर्दै आएका छन्। उनले भने, प्रदीप सरकारले जिल्ला प्रशासनलाई पत्राचार गरी यतिसम्म भनेका थिए कि विधायक निधि अन्तर्गत खड़गपुर नगरपालिका क्षेत्रमा कुनै काम नगरियोस्।

भाजपा नेताको भनाइ छ, यस किसिमको नीतिको कारण खड़गपुरको आधारभूत सुविधाहरू सोचनीय स्थितिमा पुगेका छन्। आज पनि शहरका सड़कहरूको अवस्था दयनीय छ। उनले आरोप लगाए, शहरमा विकासको नाममा खाल्डो नै खाल्डो देखिन्छ। जनता चिल्लो सड़क र सुविधाहरू नपाएर छटपटाइरहेका छन्।

दिलीप घोषले तृणमूल कंग्रेसलाई लक्षित गर्दै भने, पार्टी विकासको मुद्दामा पूर्ण रूपमा विफल रहेको छ। तर जनताले यसको जवाफमा चुनाउमा दिनेछन्। उनले दाबी गरे, खड़गपुरका जनता अब परिवर्तन चाहन्छन्। भाजपालाई समर्थन गरेर विकासको मार्गमा अग्रसर हुनसक्छन्।

यता तृणमूल खेमाले यी आरोपहरूलाई राजनीतिक बयानबाजी बताउँदै पूर्ण रूपमा खारेज गरिदिएका छन्। चुनावी माहोलबीच खड़गपुरमा राजनीतिक द्वन्द्व अझ बढ़्दै गइरहेको छ जहाँ दुवै दलले एका-अर्कामाथि तीव्र हमला गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande