
गुवाहाटी, 21 मार्च (हि.स.)। असमको लखिमपुर जिल्लास्थित बिहपुरियामा कंग्रेस पार्टीलाई ठूलो झट्का लागेको छ। भाजपा प्रत्याशी तथा असम प्रदेश कंग्रेस कमिटी (एपीसीसी)- का पूर्व अध्यक्ष भूपेन बोराको उपस्थितिमा कंग्रेसका 17 जना नेताहरूले भारतीय जनता पार्टी (भाजपा)- को सदस्यता ग्रहण गरे। यसरी दलबदल गर्नेहरूमा तिनसुकिया जिल्लाको दुमदुमाबाट पूर्व विधायक एवं एपीसीसीका उपाध्यक्ष दिलीप मोरान पनि सामेल छन्। उनले कंग्रेस छोड़्नुलाई राजनीतिक रूपमा ठूलो नोक्सान मानिँदैछ।
भनिन्छ, दिलीप मोरान नवगठित माकुम विधानसभा क्षेत्रबाट टिकटका दाबेदार थिए। त्यसैले उनको यस कदमले आगामी विधानसभा चुनाउलाी प्रभावित पार्ने सम्भावना व्यक्त गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा