तूफानबीच बजारको छत झरेर नाइट गार्डको मृत्यु
तूफानबीच बजारको छत झरेर नाइट गार्डको मृत्यु


मालदा, 21 मार्च (हि.स.)। हुरी-बताससितै आएको पनीले शनिवार जिल्लाको ऐतिहासिक नेताजीपुर बजारमा छतको एक भाग झरेर एकजना नाइट गार्डको मृत्यु भयो। मृतकको नाम मोन्टु सरकार रहेको बताइएको छ।

यस पीड़ादायी दर्घटनामा इंग्लिश बजार नगरपालिकाका सफाईकर्मी दीप सरकार पनि गम्भीर रूपमा घाइते भए। घटनाको सूचना पाउनसात दमकल विभाग र एक्सकेभेटर मशिनको सहयोगले लामो समयसम्म प्रयास गरेपछि अवशेषहरूलाई हटाएर शवलाई बाहिर निकालियो। मालदाको यो प्राचीन तथा व्यस्त बजार पछिल्लो लामो समयदेखिकै मरम्मतको अभावमा जर्जर भएको थियो। स्थानीय व्यापारीहरूको आरोप छ, बजार पुनर्निर्माणको लागि कैयौं पटक अधिकारीहरूसित गुहार मागियो, तर कुनै कदम उठाइएन।

यसबीच ईदको बिहान भएको यस दुर्घटनाले व्यापारीहरूमा शोक व्याप्त भएको छ। घटनालाई लिएर तृणमूल कंग्रेस संचालित नगरपालिकामाथि लापरवाहीको गम्भीर आरोप लगाइएको छ जसबाट व्यापारीहरूमा व्यापक असन्तुष्टि देखिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande