
धेमाजी (असम), 21 मार्च (हि.स.)। आसन्न असम विधानसभा चुनाउपूर्व क्षेत्रीय दल असम जातीय परिषद (एजेपी)-लाई धेमाजी जिल्लामा ठूलो झट्का लागेको छ। पार्टीका 10,332 पञ्जीकृत सदस्यहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्।
शनिवार आयोजित एक सम्वाददाता सम्मेलनमा जिल्ला नेतृत्वले 23 क्षेत्रीय समिति औ 226 बूथ समितिलाी भंग गर्ने घोषणा गरे। गत 17 मार्चमा सम्पन्न भएको एक बैठकमा सर्वसम्मतिले यो निर्णय लिइएको बताइएको छ।
पार्टी नेताहरूले विपक्षी गठबन्धन अन्तर्गत उम्मेद्वार चयन गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूको आरोप छ, धेमाजी सीटको लागि एजेपीको प्रस्तावित उम्मेद्वारलाई बेवास्ता गरी कंग्रेस प्रत्याशीलाई टिकट दिइयो जसबाट संगठनमा असन्तोष फैलियो।
जिल्ला एकाईका नेताहरूले पार्टीका केन्द्रिय नेतृत्वको कड़ा आलोचना गर्दै भने, यस फसेलाले धरातलीय स्तरमा पार्टीको शक्ति अनि चुनावी सम्भावनाहरूलाई कमजोर बनाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा