
पूर्व मेदिनीपुर, 20 मार्च (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको मोयना विधानसभा क्षेत्रमा पूर्व क्रिकेटर औ भाजपा उम्मेद्वार अशोक डिण्डालाई शनिवार बिहानदेखिकै आफ्नो क्षेत्रमा ईदको शुभकामना दिँदै मानिसहरूसित भलाकुसारी गर्दै गरेको देखियो। आगामी चुनाउलाई मध्यनजर गर्दै क्षेत्रमा राजनीतिक हावा तातिएको छ। भाजपाले मोयना मण्डल-5 मा गए शुक्रवार साँझ कार्यकर्ता सम्मेलन आयोजना गरी आफ्नो चुनावी तयारीक शंखघोष गरे जसमा संगठनलाई मजबुत बनाउने अनि बूथ स्तरमा रणनीतिलाई धार दिने विशेष बल दिइयो। सम्मेलन अवधि कार्यकर्ताहरूमा उत्साह देख्न पाइयो तथा पार्टी नेतृत्वले चुनावी तयारीहरूलाई थप गति दिने आह्वान गरे।
कार्यक्रममा उत्तर प्रदेशका विधायक अविनाश कुमार सिंह मुख्य अतिथिका रूपमा उपस्थित थिए। उनले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भने, मयनामा भाजपाको जीत बंगालमा परिवर्तनको संकेत बन्नेछ। यस अवसरमा विधानसभा संयोजक गौतम गुरू र स्थानीय विधायक अशोक डिंडाले कार्यकर्ताहरूसित आगामी रणनीति साझा गरे।
बैठकमा बूथ स्तरमा संगठनलााई सशक्त बनाउन, प्रत्येक कार्यकर्ताद्वारा न्यूनतम दश परिवारसम्म सम्पर्क स्थापित गर्ने तथा केन्द्रका योजनाहरूलाई जन-जनसम्म पुऱ्याउनेमाथि विशेष बल दिइयो। साथै राज्य सरकारको नीतिलाई लिएर जनसम्पर्क अभियानलाई अझ तीव्र बनाउने निर्णय लिइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा