आरजी कर अस्पताल लिफ्टकाण्ड: पोस्टमार्टममा मुटु काँप्ने खुलासा, मृतकको मुटु पड़्केर फोक्सोसम्म पुग्यो
आरजी कर अस्पताल लिफ्टकाण्ड: पोस्टमार्टममा मुटु काँप्ने खुलासा, मृतकको मुटु पड़्केर फोक्सोसम्म पुग्यो


कोलकाता, 21 मार्च (हि.स.)। कोलकाताको आरजी कर मेडिकल कलेज एवं अस्पतालमा भएको लिफ्ट दुर्घटनामा 41 वर्षीय अरूप बन्द्योपाध्यायको मृत्यु भएको मामिलाको प्रारम्भिक पोस्टमर्टम रिपोर्टमा मुटु काँप्ने तथ्य सामु आएको छ। रिपोर्ट अनुसार दुर्घटनाको स्वरूप अत्यन्त भयंकर थियो। मृतकको हात-खुट्टा तथा पसली भाँचिएको थियो भने गम्भीर चोटको कारणको उनको मुटु पड़केर फोक्सो र यकृतसम्म पुगेको थियो।

यस घटनापछि मृतकका पिता अमल बन्द्योपाध्यायको लिखित सिकायतको आधारमा टाला थानाको पुलिसले उद्देश्यहीन हत्याको मामिला दर्ता गरेको छ। पुलिसले जाँचबुझको लागि पाँचजना मानिसहरूलाई डाकेको छ।

अस्पताल अधीक्षक सप्तर्षि चट्टोपाध्याय अनुसार मृतकका पिताले विवरण दिए अनुसार अरूप लिफ्टमा फसेका थिए। एउटा बटन दबाएपछि लिफ्ट अचानक तलमाथि हुनथाल्यो जसले गर्दा भित्र फसेका मानिसहरू डराए। लिफ्ट एक तलमा रोकिँदा भित्र फसेका तीनजना मानिसहरूले बाहिर निक्लिने प्रयास गर्नथाले। बाहिर कोल्याप्सिबल गेट बन्द थियो।

भनिन्छ, यसै अवधि अरूपले बाहिर निक्लिने प्रयास गरिरहेका थिए, अचानक लिफ्ट माथितिर जान थाल्यो फलस्वरूप तिनी लिफ्ट र भित्ताको बीचमा फसे।

अस्पताल अधीक्षकले स्वीकार गरे, त्यसबेला लिफ्टम्यान भएको भए सायद यो घटना हुँदैनथ्यो। उनले यसलाी प्रशासनिक विफलता पनि बताए.

आरजी कर अस्पतालका रेजिडेन्ट डाक्टरहरूको संगठनले पनि अस्पताल प्रशासनलाई ज्ञापन चढ़ाएर घटनाको उच्चस्तरीय जाँच गर्ने माग गरेको छ। साथै यस लापरवाहीमा सामेल रहेकाहरूलाई कारबाही गर्नुपर्ने, लिफ्ट सुरक्षा व्यवस्थालाई मजबुत बनाउने तथा सीसीटीभी निगरानी बढ़ाउने माग समेत गरिएको छ।

पुलिस मामिलाको जाँचमा जुटेको छ। घटनाको निम्ति जिम्मेवार सम्भावित लापरवाहीका सबै पाटोहरूको जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande