
सिलगढ़ी, 21 मार्च (हि.स.)। डाबग्राम-फुलबाड़ी विधानसभा क्षेत्रमा चुनावी माहोलबीच प्रचार-प्रसार गर्ने क्रममा भारतीय जनता पार्टी (भाजपा) उम्मेद्वार शिखा च्यटर्जीलाई स्थानीय मानिसहरूको विरोधको सामना गर्नु पऱ्यो।
शनिवार उनी बोतल कम्पनी क्षेत्रमा प्रचार गर्न जाँदा स्थानीय एकजना युवकले उनलाई चर्को प्रश्नहरू सोधे। युवकले आरोप लगाए, क्षेत्रमा समस्याहरू आइलाग्दा तथा विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया अवधि उम्मेद्वारलाई कतै पनि देखिएको थिएन। एकजना जनप्रतिनिधि हुँदाहुँदै पनि जनताको पक्ष नरहेको कारणले असन्तुष्टि पनि व्यक्त गरियो।
यी आरोपहरूको जवाफ दिँदै च्यटर्जीले भनिन्, एसआईआर प्रक्रिया चुनाउ आयोग अधिनस्थ एक प्रशासनिक मामिला हो। त्यसैले यहाँ हस्तक्षेप गर्नु उचित हुँदैन। उनले यो कुरा बुझेर नै टाड़ा बसेकी हु्न्। उनले यो पनि भनिन्, एकजना जिम्मेवार जनप्रतिनिधिको रूपमा उनलाई कहाँ र कहिले उपस्थित हुनुपर्छ, त्यो परिस्थिति अनुसार तय हुन्छ।
भाजपा उम्मेद्वारले यस सम्पूर्ण घटनाक्रमलाई राजनीतिक षड़यन्त्रको संज्ञा दिइन्। उनले दाबी गरिन्, प्रश्न उठाउने तृणमूलको कार्यकर्ता हो जसले योजनाबद्ध ढंगमा प्रचारमा बाधा दिने प्रयास गरिरहेको छ। तथापि उनले यस किसिमका आरोपहरूलाई धेर महत्व नदिने कुरा पनि उनले राखिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा