
जलपाईगुड़ी, 21 मार्च (हि.स.)। गोल्डन गर्लको रूपमा विख्यात एथलिट औ राजगञ्ज सीटबाट तृणमूल उम्मेद्वार स्वप्ना बर्मनका पिता पंचानन बर्मनको निधनले सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ।
शनिवार सबेरै सिलगढ़ीको एक निजी अस्पतालमा पंचानन बर्मनले अन्तिम सास लिए। तिनी पछिल्लो लामो समयदेखिकै बिमार थिए भने हाल उनको उपचार भइरहेको थियो। पिता बिमार भएको कारण स्वप्ना बर्मनले पछिल्लो केही दिनदेखिकै उनीसित बसेर उनको हेरचाह गरिरहेकी थिइन् साथै पिताको सुस्वास्थ्यको लागि कमना पनि गरिरहेकी थिइन्।
पिताको निधन भएपछि स्वर्ण पदक विजेता एथलिटदेखि नेता भएकी स्वप्ना बर्मन गहिरो शोकमा डुबेकी छन्। यस घटनाको कारणले राजगञ्ज क्षेत्रमा शोक छाएको छ। राजनीतिक जगतले पनि यस दुःखदायी घटनाप्रति शोक व्यक्त गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा