
मेदिनीपुर, 21 मार्च (हि.स.)। आगामी विधानसभा चुनाउपूर्व दाँतन क्षेत्रमा ठूलो राजनीतिक घटना घटेको छ। गए शुक्रवार राती एक सार्वजनिक मञ्चमा शिक्षक एवं मोहनपुर पञ्चायत समितिका दुई पटकसम्म तृणमूल कर्माध्यक्ष भएका राजीव नायकले औपचारिक रूपमा भारतीय जनता पार्टी (भाजपा)-को झण्डा समाते।
दाँतन 219 नम्बर विधानसभा सीटबाट भाजपा प्रत्याशी अजित कुमार जानाको हातबाट भाजपाको झण्डा ग्रहण गरी उनले आफ्नो नयाँ राजनीतिक पारी शुरू गरे। अनुभवी नेताले यसरी दलबदल गरेपछि स्थानीय राजनीतिक माहोलमा खैलाबैला मचिएको छ। भाजपाको मञ्चबाट उनले भने, जनहित एवं विकासको सोच बोकेर मैले भाजपामा सामेल हुने फसेला गरेको हुँ।”
राजनीतिक विश्लेषकहरूको मान्यता छ, राजीव नायक जस्ता प्रभावशाली नेताको यस फसेलाबाट दाँतन विधानसभा क्षेत्रको चुनावी समीरण प्रभावित हुनसक्छ। विशेष गरी मोहनपुर क्षेत्रमा तृणमूलको संगठनात्मक सुदृढ़तालाई धक्का लाग्नसक्छ जसबाट भाजपाले बढ़त पाउने सम्भावना व्यक्त गरिँदैछ।
भाजपा प्रत्याशी अजित कुमार जानाले भने, “राजीव नायक जस्ता अनुभवी औ जनाधार भएका नेता भाजपामा आएपछि हाम्रो संगठन अझ बलियो हुनेछ साथै दाँतनमा परिवर्तनको मार्ग सहज हुनेछ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा