ईदको मञ्चबाट ममताको प्रहार- मताधिकार खोस्नको लागि एसआईआरको बहाना बनाइरहेको छ
ईदको मञ्चबाट ममताको प्रहार- मताधिकार खोस्नको लागि एसआईआरको बहाना बनाइरहेको छ


कोलकाता, 21 मार्च (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जी र तृणमूल सांसद अभिषेक ब्यनर्जीले शनिवार कोलकाताको रेड रोडमा आयोजित ईद समारोहमा सामेल भएर केन्द्र सरकार अनि भारतीय जनता पार्टी (भाजपा)-माथि धारिलो प्रहार गरिन्। मुख्यमन्त्रीले आरोप लगाइन्, विधानसभा चुनाउभन्दा धेरै अगाड़िदेखि भइरहेको मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर)- को माध्यमबाट मानिसहरूको मतदान गर्ने अधिकार खोस्ने चेष्टा गरिरहेको छ।

ईदको नमाजपछि उपस्थित हजारौं मानिसहरूलाई सम्बोधन गर्दै ममता ब्यनर्जीले भनिन्, उनको पार्टीले कुनै पनि स्थितिमा मानिसहरूको भोट दिने अधिकार खोसिन दिनेछैन। उनले भनिन्, लोकतन्त्र र नागरिक अधिकारहरूको रक्षा गर्नको लागि तृणमूल कंग्रेसले अन्तसम्म संघर्ष गर्नेछ। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नाम उच्चारम गर्दै भनिन्, राज्यका मानिसहरूको अधिकारलाई कमजोर बनाउने जुन कुनै पनि प्रयासको विरोध गरिनेछ।

मुख्यमन्त्री्ले दाबी गरिन्, एसआईआर प्रक्रियामा धेरैजना मानिसहरूको नाम मतदाता सूचीबाट हटाइएको छ। यस मामिलामा उनको पार्टीले पहिला कलकत्ता उच्च न्यायालय र पछि उच्चतम न्यायालयको ढोका ढक्ढकाएको छ।

तृणमूल कंग्रेसको आरोप छ, यो प्रक्रिया चुनावी समीकरणलाई प्रभावित बनाउने ध्येय लिएर गरिँदैछ विशेष गरी अल्पसंख्यक बहुल क्षेत्रहरूका मतदाताहरूलाई लक्षित गरिँदैछ।

ममता ब्यनर्जीले आफ्नो सम्बोधनमा भाजपामाथि समाजलाई विभाजन गर्ने राजनीति गरेको आरोप लगाइन्। उनले भनिन्, कतिपय मानिसहरूले पैसा लिएर भोटहरूलाई विभाजन गर्ने प्रयास गरिरहेका छन्, तर राज्यका जनताले यस्तो षड़यन्त्रलाई सफल हुने दिने छैनन्।

मुख्यमन्त्रीले बंगालको साम्प्रदायिक सौहार्दको परम्पराको उल्लेख गर्दै भनिन्, यहाँ सबै धर्म मिलेर बस्छ र राज्यको सामाजिक एकतालाई भंग गर्ने कुनै पनि प्रयासलाई स्वीकार गरिनेछैन।

उनले भनिन्, बंगालले एकतामा विश्वास गर्छ अनि यहाँ हिन्दू, मुस्लिम, सिख, ईसाई सबै समुदाय आपस्तमा भाइचाराको साथमा बसोबास गर्दछन्।

रेड रोडमा हुने ईदको यो वार्षिक आयोजन पूर्वी भारतको सबैभन्दा विशाल धार्मिक आयोजनहरूमध्ये एक मानिन्छ। चुनावी वर्षमा यो कार्यक्रमलाई राजनीतिक रूपमा पनि महत्वपूर्ण मानिएको छ, किनभने यसको माध्यमबाट राजनीतिक दलले राज्यका लगभग 30 प्रतिशत मुस्लिम मतदाताहरूसम्म आफ्नो कुरा पुऱ्याउने चेष्टा गर्छ।

यसपालि झन् यो आयोजन यसकारणले पनि महत्वपूर्ण छ, किनभने राज्यमा विधानसभा चुनाउ हुन लागेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande