
मुर्शिदाबाद, 21 मार्च (हि.स.)। पश्चिम बंगालको मुर्शिदाबाद जिल्ला अन्तर्गत कांदी थाना क्षेत्रमा ईदको दिन जमीन विवादलाई लिएर भएको हमलामा एउटै परिवारका पाँच जना मानिसहरू गम्भीर रूपमा घाइते भए जसबाट क्षेत्रमा तनाउ फैलिएको छ। पुलिस तथा स्थानीय सूत्रानुसार घाइतेहरूको पहिचान तौहिद शेख (70), उनका दुई छोरा क्रमैले आमिरुल शेख (50) र रबिउल शेख (35) तथा उनका दुई नाती क्रमैले आसिफ (18) र बनारुल शेख (25)- को रूपमा भएको छ भने यिनीहरू सबै कांदी थाना क्षेत्रको हाटपाड़ा गाउँका निवासी हुन्।
भनिन्छ, तौहीद शेखका भतिज शाहजहाँ शेखको आजिम शेखसित जमीनलाई लिएर विवाद भइरहेको थियो। आरोप छ, भतिजको पक्षमा बोल्दा तौहिद र उनको परिवारमाथि हमला गरियो। परिवारजन मुताविक ईदको बिहान आजिम शेख र उनकी पत्नी तौहीदको घरमा पुगे। विवाद हुँदा अजिमले कथित रूपमा आग्नेयास्त्र निकालेर तौहिदको शिरमा ताके जसबाट धक्का-मुक्का शुरू भयो।
तौहिदलाई बचाउनकको लागि उनको छोरा र नाती पनि घटनास्थलमा आइपुगे जसपश्चात हमलाकारीहरूले धारिलो हतियार र बन्दुकले हमला गरे। यस अवधि बन्दुक खोसियो। सबै घाइतेहरूलाई गम्भीर अवस्थामा मुर्शिदाबाद मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ। घटनालाई लिएर क्षेत्रमा तनाउ व्याप्त भएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा