
कोलकाता, 21 मार्च (हि.स.)। पश्चिम बंगालमा आगामी विधानसभा चुनाउको लागि चुनाउ आयोगले कड़ा सुरक्षा व्यवस्था गर्दै ठूलो संख्यामा केन्द्रिय बलहरूलाई तैनाथ गर्ने फसेला लिएको छ। राज्य दुई चरणमा हुने चुनाउको लागि केन्द्रिय सशस्त्र पुलिस बल, इण्डिया रिजर्भ बटालियन तथा अन्य राज्यहरूको सशस्त्र पुलिस बल गरी 2,400 कम्पनीलाई तैनाथ गरिनेछ।
चुनाउ आयोगद्वारा गए शुक्रवार राती जारी अधिसूचना मार्फत उपरोक्त आशयको जानकारी गराइएको छ। पहिलो चरणमको मतदान आगामी 23 अप्रेलमा हुनेछ भने दोस्रो चरमको मतदान आगामी 29 अप्रेलमा हुनेछ। योभन्दा धेरै अगाड़ि नै यहाँ केन्द्रिय बलहरूलाई तैनाथ गरिसकिएको छ। चुनाउ अगावै अग्रिम तैनाथी अन्तर्गत केन्द्रिय सशस्त्र पुलिस बलका 480 कम्पनी पश्चिम बंगालमा आइसकेको छ।
अधिसूचनामा यो पनि बताइएको छ, विशेष गहन पुनरीक्षण अभियान अवधि “तार्किक विसंगति” श्रेणीमा न्यायिक जाँचको लागि पठाइएको मामिलाहरूको पहिलो पूरक सूची आगामी 23 मार्चमा प्रकाशित हुनेछ। पहिला यो 20 मार्चमा जारी हुनुथ्यो।
अधिसूचना अनुसार दोस्रो चरणको मतदान समाप्त भएपछि पनि 200 कम्पनी इलेक्ट्रनिक भोटिंग मशीन, स्ट्रंग रूम औ मतगणना केन्द्रहरूको सुरक्षाको लागि मतगणना पूरा नहुञ्जेलसम्म राज्यमा तैनाथ रहनेछ।
यस अतिरिक्त कानून व्यवस्थालाई कायम राख्न अनि चुनााउपछि सम्भावित हिंसालाई रोक्नको लागि 5 सय कम्पनी आगामी आदेशसम्म राज्यमै बस्नेछ। वर्ष 2021- को विधानसभा चुनाउ र वर्ष 2024- को लोकसभा चुनाउपछि भएको हिंसालाई केन्द्र गरेर नै यो निर्णय लिइएको हो।
मतदान प्रक्रिया पूरा भएपछि केन्द्रिय बल, इण्डिया रिजर्भ बटालिन तथा अन्य राज्यहरूको सशस्त्र पुलिसका रहल 1,700 कम्पनीलाई फिर्ता गरिनेछ।
चुनाउ आयोगले राज्य सरकारलाई निर्देश दिएको छ, उसले केन्द्रिय बल, इण्डिया रिजर्भ बटालियन, राज्य सशस्त्र पुलिस औ मुख्य बल समन्वयकसित मिलेर विस्तृत तैनाथी योजना बनाओस्।
केन्द्रिय बलहरूको आवागमन अनि तैनाथीको समन्वय केन्द्रिय रिजर्भ पुलिस बलद्वारा गरिनेछ। सीआरपीएफ पश्चिम बंगाल सेक्टरका महानिरीक्षक शलभ माथुरलाई चुनाउको लागि राज्य बल समन्वयक चयन गरिएको छ।
अधिसूचनामा राज्य सरकारसित भनिएको छ, बलहरूको आवश्यकता अनुसार परिवहन, राशन, आवास तथा अन्य आवश्यक व्यवस्था सुनिश्चित गरियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा