
खरसाङ, 21 मार्च (हि.स.)। खरसाङ खण्ड पञ्चायत समिति अन्तर्गत पर्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका निर्वाचित कर्माध्यक्षहरु, 14 वटै ग्राम पञ्चायतहरुका पञ्चायत समिति र पञ्चायत सदस्य सदस्याहरुलाई लिएर आज चुनावी अन्तरक्रियात्मक सभा सम्पन्न भएको छ। उक्त सभा पार्टीको खरसाङ विधानसभा समष्टिका उम्मेदवार अमर लामाको उपस्थितिमा गरियो।
सभाको अध्यक्षता खरसाङ पञ्चायत समितिका कर्माध्यक्ष भक्तिमान तामाङले गरेका थिए। सभालाई भागोप्रमोका उम्मेदवार अमर लामा, पञ्चायत समिति सभापति अनु छेत्री, भागोप्रमो खरसाङ महकुमा समितिका सभापति सुमन बम्जन, महकुमा सचिव एवं सभासद प्रणाम रसाइली लगायत अन्यहरूले सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक