
गुवाहाटी, 21 मार्च (हि.स.)। आज पवित्र ईद-उल-फ़ितर हो। पवित्र रमजान महिनाको मासिक रोजा (उपवास)- को अन्तमा शनिवार इस्लाम धर्मावलम्बीहरूले पवित्र ईद-उल-फ़ितर मनाइरहेका छन्। केन्द्रिय हिलाल कमिटीद्वारा ईदको दिन घोषणा गरिएको तुरून्तैपछि देशसँगसँगै असमका कुना-कुनामा पनि ईद-उल-फितरको उत्सव मनाइँदैछ।
उल्लेखनीय छ, ईदलाई लिएर इस्लाम धर्मावलम्बीहरूबीच खुशी तथा उत्साह देखिएको छ। ईदगाह मैदान, मस्जिदहरूमा सामूहिक नमाजको आयोजन गरिएको छ। प्रेम–भाइचाराको सन्देश बोेर एका-अर्कालाई ईतको शुभकामना दिरहेका छन्। इस्लामिक क्यालेण्डरको दशौं महिना शाव्वालको पहिलो दिन नै पवित्र ईद मनाइन्छ। सऊदी अरब, यूएई औ अन्य खाड़ी देशहरूमा गत 18 मार्चमै ईदको चन्द्रमा देखिएको कारणले ती देशहरूमा 20 मार्चमा ईद-उल-फितर मनाइयो।
यस वर्ष असम एवं भारतभरि 21 मार्चको दिन पवित्र ईद-उल-फित्र मनाइँदैछ। ईदको अवसरमा आज बिहा विभिन्न ईदगाहहरूमा ईदको नमाज आयोजना गरियो। यस अवसरमा मस्जिद तथा ईदगाहहरूलाई पनि सुन्दर ढंगमा सजाइएको छ। यसरी नै धर्मवलम्बीहरूको घर, सड़क आदिलाई पनि भव्य लाइटहरूले सजाइएको छ।
यसबीच चुनाउको मौसममा यो पर्व परेको कारणले कुनै पनि अप्रिय घटना हुन नदिनको लागि पुलिस प्रशासन तथा जिल्ला प्रशासनले सुरक्षाको व्यापक व्यवस्था गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा