
झाड़ग्राम, 22 मार्च (हि.स.)। झाड़ग्राम जिल्लाको बिनपुर विधानसभा क्षेत्रमा आइतवार बिहान चुनाउ प्रचार अवधि तृणमूल कंग्रेसकी उम्मेदवार तथा राज्यकी वन मन्त्री बिरबाहा हांसदाले भाजपामाथि टिप्पणी गर्दै भनिन्, उनी भाजपालाई मुख्य प्रतिद्वन्द्वीको रूपमा हेर्दिनन्। उनको भनाइ थियो, भाजपाको आधार मजबुत नभएको क्षेत्रमा प्रतिस्पर्धा पनि सीमित रहनेछ। उनले विश्वास व्यक्त गरिन्, उनको पार्टी यस क्षेत्रमा पहिलाबाटै मजबुत स्थितिमा छ।
बिरबाहाको प्रचारको शुरुआत बिनपुरको ओड़गोंडास्थित भैरव थानमा पूजा-अर्चनासितै भयो। यस अवधि उनीसित उनकी आमा पूर्व विधायक चुनिबाला हांसदा, परिवरका अन्य सदस्यगण तथा पार्टी कार्यकर्ताहरू उपस्थित थिए। स्थानीयआदिवासी समाजले धामसा-मादल बजाएर उनलाई स्वागत गऱ्यो।
पूजापछि नजिकैको बिरिडांगा गाउँका मानिसहरूले गाउँमा व्याप्त पिउने पानीको गम्भीर समस्या बारे बताए। ग्रामीणहरूले बताए, गाउँका 30-40 परिवारलाई आधा किलोमीटर टाड़ाबाट पानी ल्याउनुपर्छ. अनि पाइपलाइन भएपनि पानी नियमित तथा पिउने योग्यको आउँदैन। गाउँलेको समस्या सुनेपछि उनले पानीको समस्या समाधान गरिदिने आश्वासन दिइन्।
त्यसपछि उनले कामारंधी गाउँमा आदिवासी कवि साधु रामचन्द मुर्मूको घरमा गएर ग्रामीणहरूसित बातचित गरिन्। शिलदामा पार्टी नेताहरूसित बैठक पनि गरिन् जसमा केही स्थानीय तृणमूल नेताहरू सामेल भए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा