
खरसाङ, 22 मार्च (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीकाे पहलमा आज आगामी विधानसभा चुनाउलाई ध्यानमा राख्दै नगरपालिकाको वार्ड नम्बर 12 अनि 15 मा चुनावी सभा एवं बुथ स्तरीय कमिटी गठन गरियो। खरसाङको गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न सभालाई वरिष्ठ सदस्य हिरेन त्रिखत्रीले अध्यक्षता गरेको थियो।
सभालाई खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रीन, 15 नम्बर वार्डका सदस्य राजु सेवा, नगरपालिका क्षेत्रका चुनाउ प्रभारी सबिता कार्की, खरसाङ महकुमा युवा शक्तिका अध्यक्ष प्रेमेन्द्र गुरुङ्ग, टाउन कमिटी अध्यक्ष राजु शर्मा, टाउन कमिटी नारी शक्तिकी नवनियुक्त कार्यकारीणी सदस्या सितल रसाइली आदिले सम्बोधन गरेका थिए।
सभामा वार्ड नम्बर 12 को निम्ति संयोजक श्याम प्रधान, सह संयोजकद्वय धनकुमार सार्की र संजय प्रधान तथा सल्लाहकारहरूका साथै 11 जनाको कार्यकारिणी सदस्यहरु लिएर बुथ कमिटी गठन गरिएको छ। वार्ड नम्बर 15 को निम्ति संयोजक राजु सेवा, सह संयोजक मोहम्मद चॉंद, सल्लाहकार उत्तम प्रधान, मोहम्मद अख़्तर अंसारी, कोषाध्यक्षा कल्पना सेवा, सह कोषाध्यक्षा राधा बर्मन आदिलाई लिएर बुथ कमिटी गठन गरियो।
हिन्दुस्थान समाचार / हनोक