तीनधारे र घैयाबारीमा भागोप्रमोको चुनावी सभा सम्पन्न
तीनधारे र घैयाबारीमा भागोप्रमोको चुनावी सभा सम्पन्न


तीनधारे, 22 मार्च (हि.स.)। भारतीय गोर्खा प्रजान्त्रिक मोर्चा (भागोप्रमो) तीनधारे खण्ड समिति अन्तर्गत 25 बुथका मतदाताहरु र पार्टीका सदस्यहरुलाई लिएर आज बुथ स्तरीय चुनाउ कमिटी गठन गरिएको छ। पुरण तामाङको अध्यक्षतामा सम्पन्न सभामा कमिटी गठन गरियो। यस सभालाई तीनधारे महानदी समष्टिका सभासद नवराज छैत्री, बिनयकुमार छेत्री, बिमल गुरुङ र खण्ड समितिका सचिव अनिल राईले सम्बोधन गरेका थिए।

यसरी नै भागोप्रमो तीनधारे खण्ड समितिको आयोजना अर्को सभा तीनधारेको गोलाई पाखास्थित मित्र संघ भवनमा बुथ नम्बर 248 र बुथ नम्बर 250 लाई लिएर सम्पन्न गरियो। सभामा बुथ स्तरीय चुनाउ कमिटी गठन गरिनुका साथै पार्टी उम्मेदवार अमर लामालाई जिताउन आह्वान् गरियो।

यसै क्रममा महानदी-तीनधारे समष्टि अन्तर्गत घैयाबारी 257 बुथको चुनावी सभा आज भूतपूर्व सैनिक संगठनका सदस्य गणेश तामाङको अध्यक्षतामा सभा सम्पन्न गरियो। सभामा वक्ताहरुले भागोप्रमोका उम्मेदवार अमर लामालाई भारी मत दिएर जिताउन आह्वान गरियो।

सभाले आगामी दिनहरुमा यस बुथका प्रत्येक गाउँमा गएर भोट प्रचार गर्नुपर्ने र बुथलाई भारी मतले जिताउनुपर्ने वक्ताहरुले सुझाउ राखे। सभालाई चुनाउ कमिटी 257 बुथका प्रमुख संयोजक भीषण लामा, बुथ सचिव नवराज प्रधान, भागोप्रमो युवा शक्तिका सभापति केवल राई आदिले सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande