किराँती खम्बु राई सांस्कृतिक संस्थान सोनादा शाखाको वार्षिक सभा सम्पन्न
किराँती खम्बु राई सांस्कृतिक संस्थान, सोनादा शाखाको वार्षिक सभा सम्पन्न


सोनादा, 22 मार्च (हि.स.)। किराँती खम्बु राई समुदायको गौरवशाली परम्परा, पहिचान र सांस्कृतिक मूल्यलाई आत्मसात गर्दै किराँती खम्बु राई सांस्कृतिक संस्थान, सोनादा शाखाको आज वार्षिक सभा सम्पन्न भएको छ। यस अवसरमा संस्थानले नयाँ सदस्यहरूलाई परम्परागत विधि अनुसार हार्दिक स्वागत तथा सम्मान प्रकट गऱ्यो।

कार्यक्रममा संस्थानका अध्यक्ष शुरेन राई, सचिव अजय राई तथा सक्रिय सदस्य रुपेश राईको विशेष उपस्थिति रहेको थियो।उनीहरूको हातबाट गरिएको ब्याक्तिबुङ अर्पणले नयाँ सदस्यहरूलाई संस्थानप्रति अझै नजिक ल्याउने र जिम्मेवारीको भावना अभिवृद्धि गर्ने विश्वास लिइएको छ।

किराँती राई परम्परामा “ब्याक्तिबुङ” केवल वस्तु होइन, यो सम्मान, शुभकामना र सहअस्तित्वको भावनाले भरिएको एक सांस्कृतिक चिन्ह हो। यसै भावनालाई आत्मसात गर्दै आज स्वागत गरिएका नयाँ सदस्यहरूलाई संस्थानले उज्ज्वल भविष्यको कामना गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।

यस अवसरमा सबै नयाँ सदस्यहरूलाई संस्थानप्रति समर्पित भई समाज, भाषा, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्न हार्दिक आह्वान गरिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande