
गुवाहाटी, 22 मार्च (हि.स.)। चुनाउ आयोगले आम चुनाउ तथा उपचुनाउहरूलाई लिएर प्रदेशको प्रत्येक मतदान केन्द्रमा न्यूनतम सुविधा (एएमएफ) तथा मतदाता सहायता उपलब्ध गराउने निर्देश जारी गरेको छ।
आयोग अनुसार असम विधानसभाको लागि आम चुनाउ तथा नागाल्याण्ड र त्रिपुराको उपचुनाउ कार्यक्रम गत 15 मार्चमा घोषणा गरिएको थियो। यसलाई मध्यनजर गर्दै मुख्य निर्वाचन अधिकारी (सीईओ)-लाई निर्देश दिइएको छ कि सबै मतदान केन्द्रहरूमा मतदानको दिन आवश्यक सविधा उपलब्ध गराउन सुनिश्चित गरियोस्।
निर्देश अन्तर्गत मतदान केन्द्रहरूमा स्वच्छ पिउने पानी, छायादार प्रतीक्षा स्थल, जलयुक्त शौचालय, पर्याप्त प्रकाश व्यवस्था, दिव्यांग मतदाताहरूको लागि सुगम ऱ्याम्प, मानक मतदान कक्ष औ स्पष्ट संकेतक बोर्ड उपलब्ध गराइनेछ। साथै पंक्तिबद्ध भएका मतदाताहरूको लागि नियमित अन्तरालमा बस्नको लागि बेञ्चको व्यवस्था गरिनेछ।
मतदाता जागरूकतालाई सुदृढ़ बनाउनको लागि प्रत्येक मतदान केन्द्रमा चार मानकीकृत मतदाता सुविधा पोस्टर प्रदर्शित गरिनेछ जसमा मतदान केन्द्रको विवरण, उम्मेद्वारहरूको सूची, के गरौ-के नगरौ, मान्य पहिचान पत्रहरूको सूची तथा मतदान प्रक्रियाको जानकारी सामेल हुनेछ।
यस अतिरिक्त प्रत्येक मतदान केन्द्र परिसरमा मतदाता सहायता बूथ स्थापित गरिनेछ जहाँ बूथ स्तरीय अधिकारी (बीएलओ) तथा अन्य कर्मचारीहरूले मतदाताहरूलाई उनीहरूको मतदाने केन्द्र अनि मतदात सूचीमा क्रम संख्या खोज्नमा सहयोग गर्नेछन्। यी बूथहरूलाई स्पष्ट संकेतकको साथमा सहजै पहिचान गर्ने योग्य बनाइनेछ।
मतदाताहरूको सुविधाको लागि मतदान केन्द्रको प्रवेश द्वार बाहिर मोबाइल फोन जमा गर्ने व्यवस्था पनि गरिनेछ। मतदाताहरूले आफ्नो स्विच अफ मोबाइल फोनलाई निर्धारित स्वयंसेवकहरू समक्ष जमा गर्न अनि मतदानपछि फिर्ता लिन सक्नेछन्।
आयोगलो दोहोऱ्याएको छ, यी सबै सुविधा तथा पहुँच सम्बन्धि उपायहरूको प्रावधान अनिवार्य छ र यसको कड़ाई पूर्वक निगरानी गरिनेछ ताकि सबै मतदाताहरूलाई सुगम र सहज मतदानको अनुभव होस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा